पोखरा– अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच विशेष छुट सम्झौता भएको छ। उक्त केबलकारको टिकटमा बैंकका ग्राहक तथा कर्मचरीलाई १० देखि २५ प्रतिशत छुट रहेको प्रभु बैंकले जनाएको छ।
‘पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेतीबगरस्थित अन्नपूर्ण केबलकारप्रा.लि र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहकवर्ग रकर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौताभएको छ,’ बैंकले भनेको छ।
उक्त सम्झौताअनुसार केबलकारको टिकटमा प्रभु बैंककाकर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशतविशेष छुट प्राप्तगर्न सक्नेछ। अन्नपूर्ण केबलकारको तर्फबाटमार्केटिङ म्यानेजर अरुण कोइराला रप्रभुबैंक लि.को तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
अन्नपूर्ण केबलकार प्रा.लि.पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवाप्रदानगर्दै आएको छ। उक्त केबलकार यात्रा मामाछापुच्छ«े, धवलागिरी, अन्नपूर्ण, लम्जुङ हिमाललगायतका हिमश्रृखला, फेवाताल, तालबराही, हरियाली प्रकृतिक छटाहरुको दृश्यका साथसाथै सूर्योदय र सुर्यअस्तको अनुपमएवं मनमोहक दृश्यावलोकनगर्न सकिन्छ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’ को उपाधी बाट सम्मानितप्रभु बैंक लि.को नेपालभर ३०२ शाखाकार्यालयहरु, २८५ एटीयम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ्गसेवाप्रवाहगरिरहेको प्रभु बैंकलि.ले अत्याधुनिक प्रविधीमार्फत गुणस्तरीय सेवाप्रवाहगर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।
उत्त mसमारोहमा प्रभु बैंक सहसम्बन्ध प्रबन्धकहरु प्रकाश पौडेल, शर्मिला भण्डारी, गण्डकी प्रदेश संचालनअधिकृत सन्तोष अधिकारी, अन्नपूर्ण केबलकारका प्रशासन अधिकृत सुजल पौडेललगायतको उपस्थिती रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।