काठमाडौं– पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद प्रकारश सरण महतले जीडिपी नबढ्ने समस्याको समाधान खोज्नुको साटो सरकार आफ्नालाई सम्बोधन कसरी गर्ने भन्नेपट्टी ज्यादा चिन्तित रहेको बताएका छन्।
आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलमा बोल्दै उनले रेभिन्यू बढिरहेको रलगानी उठीरहेकोबेला जीडीपी नबढेको बताएका हुन्।
‘हाम्रो अर्थतन्त्रको मूलभूत समस्या के हो त टिप्पणी गर्न चाहान्छु। पहिलो समस्या हामीले यथेस्ट विनियोजन गरेनौं भन्ने पनि होइन। राजस्व प्राप्त गरेनौँ भन्ने पनि होइन। भारतमा राजस्व र जिडिपीको रेसियो हेर्ने हो भने ९.२ प्रतिशत छ। बंगलादेशमा ८.२ प्रतिशत छ। हाम्रो १७.९ प्रतिशत छ। भनेपछि हाम्रो इकोनोमी जुन छ, रेभिन्यू जिडिपी रेसियो हेरेर राम्रो छ। एक्सपेन्डिचर, जिडिपी रेसियो हेर्ने होभने पनि एकदमै माथि छ,’ उनले भने, ‘२६.६ बङ्गलादेशको १२.६ बङ्गलादेशको १५.९ छ। उनीहरुको तुलनामा हामी रेभिन्यू पनि राम्रो उठाइराछौं। उनीहरुको भन्दा ज्यादा बजेट विनियोजन पनि गरिरहेको छौं। जिडीपी रेसियोको तुलनामा तर प्रतिफल आइरहेको छैन। बङ्गलादेशमा हाम्रोभन्दा ज्यादा ग्रोथ छ। भारतमा हाम्रोभन्दा निकै ज्यादा ग्रोथ रेट छ।’
पछिल्लो समय भारतको जीडिपी रेसियो ८.२ पुगेको उनले बताए। ‘रेभिन्यू पनि बढिराछ लगानी पनि उठीराछ। तर उत्पादन बढिराछैन। जीडिपी बढिराछैन। यसको कारण के हो हामीले समस्याको समाधान खोज्नु पर्दैन। तर सरकार कहाँ कसरी कस्टीचिउन्सी आफ्नालाई सम्वोधन कसरी गर्ने भन्ने तयतापटि ज्यादा चिन्तित छ,’ उनले भने। विकास खर्चभन्दा बढि चालू खर्च गर्दा पनि जीडीपी नबढेको उनको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।