• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बजेट तयारीमा जुटेको धनगढीमा छैन कार्यपालिका बैठक, बहुमत जनप्रतिनिधिलाई पेलेरै जाने रणनीतिमा नगर प्रमुख हमाल

64x64
शेरबहादुर ऐर शनिबार, जेठ १९, २०८१  १०:३०
1140x725

धनगढी– धनगढी उपमहानगरपालिकासहित अहिले स्थानीय तहहरु आगामी आर्थिक वर्षको बजेट तयारीमा छन्। तर, सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले अहिलेसम्म कार्यपालिका बैठक बसाउन सकेको छैन।

जग्गासम्बन्धी कार्यविधि विवादका कारण नगर प्रमुख गोपाल हमालले कार्यपालिका बैठक बसाउन नखोजेको वडा अध्यक्षहरुको गुनासो छ। गत मंसिरमा कार्यपालिका बैठकभित्र छलफलमा रहेको कार्यविधि पारित नभई दोस्रो दिन नगर प्रमुख हमालले राजपत्रमा प्रकाशित गर्न लगाएपछि वडा अध्यक्ष र नगर प्रमुखबीच विवाद सुरु भएको थियो।

‘कार्यविधि विवाद देखाउँदै नगर प्रमुख हमालले सो समयमा हिउँदे नगर सभा बोलाएनन्। मंसिर यता कार्यपालिका बैठक पनि बसेको छैन’, धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले भने, –‘नगर सुधारका लागि आवश्यक योजना, नीति तथा कार्यक्रमका विषयमा कार्यपालिकाभित्र व्यापक छलफल हुनुपर्थ्यो। तर, नगर प्रमुख त्यस अनुसार अघि बढ्न इच्छुक छैनन्।’

नगर प्रमुख हमालले कार्यपालिका बैठक नै नबसाई एकलौटी रुपमा केही दिन अघिमात्र वडागत बजेट सिलिङ्ग पठाइएको छ। उनले भने, –‘बजेट निर्माणका चरणहरु कुनै पनि नअपनाई नगर प्रमुखले आफुखुशी कार्य गरिरहेका छन्।’ उनले जेठको दोस्रो सातापछि वडामा बजेट सिलिङ्ग पठाउँदा वडामा छलफल गर्न समय अपुग रहेको बताए।

स्थानीय तहको योजना तर्जुमा दिगदर्शन अनुसार श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले बैशाख १० गतेभित्र कूल बजेट अनुमान, सीमा निर्धारण र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गर्ने उल्लेख छ भने प्रमुख प्रशासकिय अधिकृतले बैशाख १५ गतेभित्र विषयगत शाखा, महाशाखा तथा वडा कार्यालयलाई बजेट सीमा तथा मार्गदर्शन उपलब्ध गराउनुपर्ने उल्लेख छ।

वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धि खड्काले भने, ‘कार्यपालिका बैठक त बसाउन नमानेका नगर प्रमुख हमालले विषयगत समितिहरुको पनि बैठक बसाउँदैनन्। विषयगत समितिमा रहेका जनप्रतिनिधिहरुलाई कर्मचारीले कस्ता नीति, कार्यक्रम र निर्णयहरु पठाइरहेका छन भन्ने समेत थाहा हुँदैन्।’ 

उनले नगर प्रमुख हमालले सहमतिको बाटो रोज्नुभन्दा पनि एकलौटी गर्न खोजिरहेको बताउँदै भने, ‘कुनै पनि ऐन, कानुन तथा योजना बन्दा जनप्रतिनिधिहरुबिच असहमतिका बुँदाहरु आउँछन्। ति असहमतिहरुमा संवाद र छलफल गरेर सहमतितिर ल्याउने प्रयास हुनुपर्नेमा नगर प्रमुखले समस्याको समाधान खोजेका छैनन्। जसका कारण अबको नगर सभामा पनि समस्या हुने देखिन्छ।’

असार १० गतेभित्र नगर सभा आह्वान गरि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ। तर, धनगढीमा जननिर्वाचित जनप्रतिनिधिबिचको विवाद समाधान हुन सकेको छैन्। नगर प्रमुख हमालले संवादभन्दा पनि जनप्रतिनिधिबिच विभाजन ल्याएर आफुखुशी बजेट ल्याउने तयारी गरेको बताइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

नगरको आम्दानी बढाउने वडामा न्यून बजेट
धनगढी उपमहानगरपालिकाको प्रमुख आयश्रोत पनि हो –‘नदीजन्य पदार्थ’। तर, नगरले नदीजन्य पदार्थ उत्खन्न हुने वडामै न्यून बजेट विनियोजन गरेको छ।

वडामा बजेट बढाउन माग गर्दै आइरहेका वडा अध्यक्षहरुको गुनासोलाई सम्बोधन नगरि उपमहानगरले वडामा कम बजेट विनियोजन गरेको वडा अध्यक्षहरुको गुनासो रहेको छ। 

वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले भने –‘हामीलाई आवश्यकता अनुसार बजेट नदिने भए नपठाउ भनेको हो। अहिले उपमहानगरले वडामा पठाएको बजेट सिलिङ्ग चित्तबुझदो छैन्।’ उनले वडाबासीले विकास निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका थुप्रै योजनाहरु माग गर्ने तर, उपमहानगरले वडामा विनियोजन गरेको बजेटले सम्बोधन नहुने बताए।

वडा नम्बर १७ का वडा अध्यक्ष माधव रानाले भने –‘हाम्रो वडामा नदीजन्य पदार्थ उत्खन्न उपमहानगरपालिकाले गराउँछ। वडामा भइरहेको उत्खन्नले किसानको खेत वर्षेनी कटान भइरहेको छ भने वस्तीहरु पनि जोखिममा रहेका छन्। तर, वडामा विनियोजित बजेटले तटबन्धन गर्न पनि पुग्दैन। उपमहानगरले जति आम्दानी यो वडाबाट गरिरहेको छ। त्यसभन्दा पनि कम हामीलाई बजेट पठाउने गरेको छ।’

Xtrem

Xtrem

उपमहानगरपालिकाले वडा नम्बर १७ मा ५५ लाख ३९ हजार छ सय १४ रकम विनियोजन गरेको छ। जसमा एक योजना वडा गौरवको योजनामा अनिवार्य छनोट गर्नुपर्ने उल्लेख छ। वडा गौरवको योजना २० लाख भन्दा माथि हुनुपर्ने सर्त रहेको छ। उनले भने –‘शिक्षा, स्वास्थ्य, सिचाइ, खानेपानी, विगतका अधुरा योजनालाई निरन्तरता लगायत मानिसका सामान्य आवश्यकताहरुका योजना बनाउन यो बजेट अपुग छ।’

जनप्रतिनिधिबीच विवादः नगरबासीलाई सास्ती
स्थानीय तहको योजना तर्जुमा दिगदर्शन २०७८ मा योजना छनोटदेखि बजेट निर्माणका चरणहरु छन्। धनगढी उपमहानगरपालिकामा जनप्रतिनिधिहरुबीचको विवादले यी चरणहरु पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन।

दिगदर्शनमा वडाबाट योजना माग गर्ने, विभिन्न संघ–संस्था, सरोकारवालाहरुसंग छलफल गर्ने, विज्ञहरुको राय लग्ने, वडाको योजनाका प्राथमिकता निर्धारण गर्ने लगायत छन्। तर, उपमहानगरले वडामा ढिलो गरि बजेट सिलिङ्ग पठाउँदा समस्या भएको वडा अध्यक्षहरुको गुनासो छ।

आकस्मिक बैठकमै विवाद, उजुरीमा भनियो– ‘कार्यपालिका बैठक’
जेठ १५ गते धनगढी नगर प्रमुखले कार्यपालिका बैठक सञ्चालनमा सहयोग गर्न जनप्रतिनिधिहरुसंग आकस्मिक बैठक बोलाए। तर, सत्ता गठबन्धनबाट निर्वाचित वडा अध्यक्ष र काँग्रेसका वडा अध्यक्षबिच विवाद भयो।

नेकपा माओवादी केन्द्र, नेकपा एमालेबाट निर्वाचित अध्यक्षहरु एकतर्फ थिए भने काँग्रेसका केही अध्यक्षबिच विवाद भएको जनाइएको छ। कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले बैठकमा अभद्र व्यवहार गरेको भन्दै नगर प्रमुख हमाललाई सत्ता गठबन्धनबाट निर्वाचित वडा अध्यक्षहरुले कारबाही माग गर्दै जाहेरी गरेका छन्।

उजुरीमा आक्समिक बैठकलाई उनीहरुले कार्यपालिका बैठक भनेका छन्। उजुरीमा भनिएको छ –‘कार्यपालिका बैठकमा सन्तोष मुडभरी, गजेन्द्र शाही, प्रेम भण्डारी लगायतले आक्रमणको प्रयास गरेकोले कार्यपालिका जस्तो गरिमामयमा सुनियोजित अपराधको प्रयासलाई तुरुन्तै कारबाहीको माग गरी हष्ताक्षर गरेका छौं।’

सो उजुरीमा वडा नम्बर १८ का वडा अध्यक्ष भुवन रिजाल, वडा नम्बर ७ का मोति राना थारु, वडा ८ का जुगराम चौधरी, १६ का शिवकुमार राना, १२ का शेरबहादुर महरा, ११ का रुपबहादुर कुँवर र ६ का भागिराम चौधरीको हष्ताक्षर रहेको छ।

धनगढी उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेको छ। अहिले सत्तागठबन्धन नयाँ ढंगमा गएसंग नगर प्रमुख हमालले काँग्रेसका केही तथा नेकपा माओवादी र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको सहयोग पाइरहेका छन्।

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ लोकसेवाको परामर्शबारे सरकारको प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन । शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्