काठमाडौं– सरकारले बीमा प्रिमियम रकममध्ये ९७ करोड रुपैयाँ भुक्तानी गरेर तत्काल कृषि बीमा सुचारु गर्ने भएको छ।
बिहीबार कृषि तथा पशुपंक्षी मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै उक्त रकम भुक्तानी गरेर कृषि बीमा सुचारु गर्ने सहमति भएको जानकारी दिएको छ।
सरकारले बीमा प्रिमियम रकम निकासा नगर्दा यहि चैत १ गतेदेखि बिमक कम्पनीले कृषि तथा पशुपंक्षी बीमा रोकेका थिए।
‘यही चैत १ गतेदेखि स्थगन भएको बीमा सम्बन्धमा छलफल भई बीमा कम्पनीहरुले जारी गरेको कृषि तथा पशुपंक्षी बीमा अन्तर्गतको बीमालेख बापत प्राप्त गर्नु पर्ने बाली तथा पशुधन बीमा प्रिमियम रकममध्ये तत्काल ९७ करोड रुपैयाँ भुक्तानी गर्ने र चालू आर्थिक वर्ष भित्रै बाँकी रकम भुक्तानी गर्ने गरी मन्त्रालयले पहल गर्ने र बीमकहरुले कृषि तथा पशुपंक्षी बीमा सुचारु गर्ने गरी सहमति भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।