काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। मंगलबार संघीय संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० रुपैयाँको आगामी आर्थिक वर्षको कूल बजेट प्रस्तुत गरेका छन्।
कुल विनियोजन बजेटमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात १९.७७ प्रतिशत रहेको छ।
यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५ प्रतिशतले बढी हो। कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ अर्ब २७ करोड विनियोजन रहेको छ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड बाह्य ऋण २ खर्ब १७ अर्ब ६७ करोड रहनेछ।
यस्तै ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ।
कुन मन्त्रालयको बजेट कति?
कृषि तथा पशुपंक्षी मन्त्रालय: ५७ अर्ब २९ करोड
ऊर्जा मन्त्रालयः ५० अर्ब ७४ करोड
सञ्चार मन्त्रालयः ७ अर्ब ३५ करोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयः ११ अर्ब ५५ करोड
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयः ६ अर्ब ८२ करोड
वन तथा वातावरण मन्त्रालयः १५ अर्ब ७० करोड
शिक्षा मन्त्रालयः२ खर्ब ३ अर्ब ६६ करोड
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयः ९ अर्ब २८ करोड
खानेपानी मन्त्रालयः २६ अर्ब ६३ करोड
श्रम तथा रोजगार मन्त्रालयः८ अर्ब १० करोड
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयः १ खर्ब ५० अर्ब ५३ करोड
रक्षा मन्त्रालयः ५९ अर्ब ७७ करोड
गृह मन्त्रालयः १ खर्ब ९९ अर्ब २४ करोड
परराष्ट्र मन्त्रालयः ६ अर्ब ७७ करोड
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयः ८६ अर्ब २४ करोड
युवा तथा खेलकुद मन्त्रालयः ३ अर्ब ५० करोड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।