काठमाडौं- सरकारले प्रधानमन्त्री छोरी कार्यक्रमको लागि १० करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि बजेट विनियोजन गरेको बताए।
यसका साथै आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षका रुपमा मनाइने समेत उनले घोषणा गरे। उनले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षका रुपमा मनाउने घोषणा गरे।
‘महिला बिरुद्ध हुने हिंसा, शोषण र भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा समभाव र सम्मानजनक वातावरणको सृजना गरिनेछ। आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाइने छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।