काठमाडौं- सरकारले निर्माणाधिन आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न गर्न १५ अर्ब ४१ करोड विनियोजन गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै निर्माणाधिन आधारभूत अस्पताल निर्माणका लागि १५ अर्ब ४१ करोड बजेट विनियोजन गरेको बताएका हुन्।
उनले निर्माण सम्पन्न भएका ५, १० र १५ शय्याका आधारभूत अस्पतालको विधि तय गरी सञ्चालन गरिने बताए।
सरकारले स्थानीय तहमा ५,१० र १५ शय्याका ६५७ आधारभूत अस्पताल सञ्चालन गर्ने लक्ष्य लिएको थियो।
तीमध्ये ५८९ अस्पतालको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ भने ४६२ अस्पतालको निर्माण कार्य सुरु गर्न यसअघि पनि रकम हस्तान्तरण भइसकेको छ। यस्तै २७ अस्पतालको सम्झौता अनुसार पूर्ण वित्तीय हस्तान्तरण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।