काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा कम्तीमा २ लाख व्यक्तिलाई १०० दिनको रोजगारी दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले घोषणा यस्तो घोषणा गरेका हुन्।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराइने अर्थमन्त्री पुनले बताए।
‘यो काममा करिब दुई लाख व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिनेछ। यस कार्यक्रमका लागि ६ अर्ब बजेट बिनियोजन गरिएको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।