काठमाडौं- सरकारले सामुदायिक विद्यालयको १ देखि ५ कक्षासम्म प्रदान गर्दै आएको दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई बढावा दिने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमका लागि सरकारले ८ अर्ब ३९ करोड विनियोजन गरेको बताएका छन्।
सरकारले कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु र डोल्पा र कालिकोट जिल्लामा प्रदान गर्दै आएको दिवा खाजा कार्यक्रमको रकम समेत बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।