काठमाडौं- कृषि तथा पशुपन्छी मन्त्रालयका लागि आगामी आर्थिक बर्षको बजेट ५७ अर्ब २९ करोड विनियोजन भएको छ।
मंगलबार संघीय संसदमा अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य प्रस्तुत गर्दै कृषि मन्त्रालयका लागि रकम विनियोजन गरेको बताए।
उखु खेतीलाई प्रवर्धनका लागि २ अर्ब २५ करोड विनियोजन गरिएको उनको भनाइ छ।
कृषिअनुषन्धान तथा विकास तर्फ ३ अर्ब ५२ करोड रुपैयाँ, यस्तै १ अर्ब ६५ करोड बाली तथा पशुपंक्षीको बीमाको प्रिमियम भुक्तानीका लागि विनियोजन गरिएको छ।
साथै बजेटमा औषधिय प्रयोजनको लागि गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।