काठमाडौँ- सरकारले सुनको सीमा विस्तार गर्ने भएको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्।
सङ्घीय संसद्मा बजेटका कार्यक्रम पेस गर्दै उनले अहिले कायम रहेको सुनको सीमा विस्तार गर्ने बताए। अहिले सरकारले २० किलोसम्म सुन दैनिक ल्याउन पाउने व्यवस्था गरेको छ। सरकारले नयाँ आर्थिक वर्षमा त्यसलाई बढाउने घोषणा गरेको हो।
त्यसअघि १० किलो मात्र ल्याउन पाउने व्यवस्था थियो। सुन व्यवसायीहरूले सुनको कोटा नपुगेको भनी गुनासो गरेपछि नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ जारी गर्दै सीमा २० किलोसम्म पुर्याएको थियो। अब सरकारले यसमा पनि सीमा विस्तार गर्ने भनेको छ भने कति विस्तार हुने उल्लेख छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।