काठमाडौं– आगामी आर्थिक वर्षको लागि प्रदेशलाई ६० अर्ब र स्थानीय तहलाई ८८ अर्ब रुपैयाँ वित्तीय हस्तानान्तरण गर्ने घोषणा गरेको छ।
मंगलबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषण गरेका हुन्।
‘नेपालको संविधानको धारा ६० मा भएको वित्तीय हस्तानान्तर प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब हस्तानान्तरण गर्ने व्यवस्था मिलाएको छु। ससर्त अनुदान प्रदेशका लागि २ अर्ब ८४ करोड २ खर्ब ८ अर्ब ८८ करोड गरी कूल २ खर्ब ३४ अर्ब ७३ करोड मिलाएको छु,’ उनले भने।
यस्तै प्रदेश र स्थानीय तहलाई पूर्वाधारका आयोजना कार्यान्वायन गर्न क्रमश समपूरक अनुदान ६ अर्ब २० करोड ७ अर्ब विनियोजन गरेको उनले बताए।
विशेष अनुदान प्रदेशका लागि ४ अर्ब ४० करोड र स्थानीय तहको लागि ८ अर्ब ५० करोड विनियोजन गरेको छ। सो अनुदान ससर्त कार्यसम्पादनबाट विनियोजन हुने उनले बताए।
राजस्व बाँडफाँटबाट १ खर्ब ५९ अर्ब राजस्व बाँडफाँड हुने अनुमान रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।