काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको लगानीमा जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ।
मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दे अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको लगानीमा ७७ दशमलव ५ मेगावाटको घुन्सा र ७० दशमलव ३ मेगावाटको सिमुवा जलविद्युत् आयोजनामा लगानी गरिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।