काठमाडौं- सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री वर्षमान पुन अनन्तले २०८१ देखि २०९१ लाई लगानी वर्ष घोषणा गरेका हुन्।
सरकारी, निजी, सहकारी र गैरसरकारी क्षेत्रको लगानी बढाउन विभिन्न सहुलियत दिने घोषणा पनि गरिएको छ।
कृषि उपज उत्पादनका साथै प्रबर्द्धन सहजीकरण र मलबिउमा सहजीकरण गर्ने घोषणा अर्थमन्त्री वर्षमान पुनले गरेका छन्।
सामूहिक खेतिका लागि सरकारी जमिन लिजमा लिन सकिनेदेखि ब्याजमा छुट, अनुदान, प्राविधिक सहयोग र मेसिनरीमा भन्सार छुट दिइने उनले घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।