काठमाडौँ- बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेरअघि बैठक सुरु भएको हो।
आजको बैठकले आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्नेछ। मन्त्रिपरिषद्बाट बजेट स्वीकृत भएलगत्तै संसद्को संयुक्त बैठकमा पेस हुनेछ।
३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट वाचन गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।