• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बागमती प्रदेशको नीति तथा कार्यक्रममा के छ?

64x64
नेपाल लाइभ सोमबार, जेठ १४, २०८१  २१:४०
1140x725

हेटौँडा- बाग्मती प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

सरकारको उक्त नीति तथा कार्यक्रममा बाग्मती प्रदेशको सुरक्षा संवेदनशील क्षेत्र लगायत स्थानमा आधुनिक प्रविधियुक्त सुरक्षा सामग्रीको जडानलाई निरन्तरता दिई प्रविधिमैत्री सुरक्षा जाँच चौकीको निर्माण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख छ।

उनले सङ्घीय सरकारसँग समन्वयमा प्रहरी समायोजन कार्य सम्पन्न गरी वाग्मती प्रदेश प्रहरी गठन गरिनुका साथै प्रदेश अनुसन्धान ब्यूरोको पनि स्थापना गर्ने सरकारको उद्देश्य रहेको जानकारी गराए।

प्रदेश भित्र स्थानीय सामग्री तथा वास्तुकलाको प्रवर्द्धन गर्दै मौलिक प्रविधि सहितका भवनका संरचना बनाउन र उदयमान सहर, पालिका केन्द्र तथा नगर उन्मुख बस्तीहरुलाई मौलिक पहिचानसहित व्यवस्थित शहरीकरण गर्न प्रदेश सरकारले प्रोत्साहन गर्ने योजना रहेको बताए।

सङ्घीय सरकारका निकायसँग समन्वय गरी काठमाडौँ उपत्यका भित्र नदी, करिडोर निर्माण तथा सुधार कार्यलाई अगाडि बढाइने योजना रहेको उक्त नीति तथा कार्यक्रममा उल्लेख छ।

यसैगरी, एक सय २० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण कार्य प्रदेश सरकारले तथा सोभन्दा छोटो झोलुङ्गे पुल प्रदेश सरकारको प्राविधिक सहयोगमा स्थानीय सरकारले निर्माण गर्ने उक्त नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ।

बाग्मती प्रदेशका धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र दोलखा जिल्लाका हिमाली भेगमा सार्वजनिक नीति तथा सहकारीसँगको साझेदारीमा प्राकृतिक खानेपानी प्रशोधन, उत्पादन र निर्यात गर्ने कार्यलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेको उल्लेख छ।

यसैगरी, बाग्मती प्रदेशभित्र उत्पादन हुने फलफूल, अन्न र जडीबुटीबाट मदिरा उत्पादनका लागि कानुनी प्रबन्ध गर्न सङ्घीय सरकारसँग समन्वय गरिने नीति रहेको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश भित्र रहेका मूर्त न अमूर्त संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्न कानुनी तर्जुमा गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ। जातजाति तथा भाषा सङ्घसंस्थाहरुको सहकार्यमा प्रदेशभित्र रहेका कला, साहित्य, साङ्गीतिक, वेशभूषा, भाषा, लिपि, बाजागाजा र नृत्यको प्रचारप्रसारमार्फत पर्यटन प्रवद्र्धन र अध्ययन-अनुसन्धान गर्न चाहने स्रोतकर्तालाई प्रोत्साहन गर्ने नीति रहेको प्रदेश प्रमुख शर्माले सार्वजनिकीकरण गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ।

नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको विवरणमा प्रदेशको प्रत्येक नागरिकलाई आधारभूत स्तरको खानेपानीको पहुँच पुर्‍याउन ‘एक घर, एक धारा’ कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर खानेपानी तथा सिँचाइ आयोजनालाई सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार, बाग्मती प्रदेश भित्र पूर्ण उज्यालो कार्यक्रममार्फत विद्युतको पहुँच नपुगेको क्षेत्रमा ग्रामीण विद्युतीकरण तथा दुर्गम बस्तीमा सौर्य, मिनी ग्रिड वा अन्य वैकल्पिक ऊर्जाको प्रयोगमार्फत विद्युत्को पहुँच पु-याउने लक्ष्य रहेको प्रदेश प्रमुख शर्माले जानकारी दिए।

दोलखा जिल्लाको गिरीमा बहुउद्देश्यीय मानव निर्मित ताल निर्माण गरिने, हेटौँडा उपमहानगरपालिकाको गङ्गटेमा बहुउद्देश्यीय ताल पोखरी निर्माण गरिने, पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गरिने लक्ष्य रहेको नीति तथा कार्यक्रममा उल्लेख छ।

Xtrem

Xtrem

सरकारको नीति तथा कार्यक्रममा यस वर्षदेखि चितवनको भरतपुर महानगरपालिकामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहलगानीमा सम्पन्न गर्ने र हेटौँडाको गौरीटारमा निर्माणाधीन अन्तर्राष्ट्रिय खेलकुद परिसर र प्रदेशमा निर्माणाधीन अन्य खेलकुद पूर्वाधार निर्माणका लागि सरकारले निरन्तरता दिँदै जाने लक्ष्य रहेको जनाइएको छ।

त्यसैगरी, कृषि क्षेत्रको समग्र विकासका लागि प्रदेश कृषि विकास समन्वय कानुनको तर्जुमा गरिने, कृषि क्षेत्रमा लगानी वृद्धि गरी कृषि उत्पादनलाई प्राथमिकतामा राखिने उल्लेख छ।

बाग्मती प्रदेशको धुलो दूध उत्पादन कारखानालाई प्रदेश सरकार र निजी क्षेत्र तथा दूध उत्पादक सहकारीसँग साझेदारीमा सञ्चालन गरिने र हेटौँडामा निर्माणाधीन प्राविधिक थोक बजार  सञ्चालनमा ल्याइने भएको छ। आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा सीमान्तकृत तथा विपन्न बनकरिया, चेपाङ, पहरी, थामी, जिरेल, माझी, हायु, सुरेल, बोटेलगायत समुदायको सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालनमा ल्याइने पनि उल्लेख गरिएको छ।

चेपाङ क्षेत्रमा  चिउरी, चमेरो संरक्षण एवम् विपन्न दलित समुदायको सशक्तीकरण कार्यक्रमलाई स्थानीय तहसँगको साझेदारी गरी विस्तार गर्ने लक्ष्य रहेको प्रदेश प्रमुख शर्माले बताउनुभयो। वाग्मती प्रदेशको विभिन्न जिल्लामा उच्च पहाडी तथा हिमाली क्षेत्रमा चौँरी, भेडा, च्याङ्ग्रापालन र चरन खर्क व्यवस्थापनसम्बन्धी कार्यलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।

बहुपक्षीय र बहुक्षेत्रीय समन्वय र सहकार्यमार्फत आत्महत्याको दर नियन्त्रण गर्न मानसिक स्वास्थ्य प्रवर्द्धन, आत्महत्या न्यूनीकरण भन्ने अभियान सञ्चालन गरिने जनाइएको छ। 

प्रदेशको १३ वटा जिल्लामा स्थापना भएका प्रत्येक माध्यमिक विद्यालयमा ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले उच्च प्राथमिकतामा राखिएको उनले बताए।

यस्तै, प्रदेश सरकारले अल्पसङ्ख्यक लोपोन्मुख, अतिसीमान्तकृत समुदाय तथा दलित एवं आर्थिक रुपमा विपन्न छात्रछात्राहरुको शैक्षिक छात्रवृत्तिलाई निरन्तरता दिने लक्ष्य राखिएको सार्वजनिकीकरण नीति तथा कार्यक्रममा प्रस्तुत छ।

-रासस

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २१:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार
सम्बन्धित सामग्री
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ लोकसेवाको परामर्शबारे सरकारको प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन । शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्