काठमाडौँ- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषाा जिल्ला अदालतले अनुमति दिएको छ।
अदालतका न्यायाधीश यदुराज शर्माको एकल इजलासले जमानतमा रिहा गर्न अस्वीकार गर्दै सोमबार सिरोहियालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
सिरोहिया नागरिकता विवादमा यसअघि दुई पटक म्याद थप भएर थुनामा रहेका छन्। नागरिकता विवादमा उनलाई गत मंगलबार काठमाडौँ पक्राउ गरिएको थियो। शुक्रबार अदालत पेस गरिनुअघि सरकारी वकिलको कार्यालयमा सिरोहियासँग ३ घण्टा लामो बयान लिइएको थियो।
पहिलोपटक गत बुधबार पनि अदालतले सिरोहिया विरुद्ध ३ दिन नै म्याद थपेको थियो।
उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएपछि सिरोहिया प्रहरीको निगरानीमा तीन दिनदेखि काव्या अस्पताल उपचाररत छन्। उनलाई आज अस्पतालबाट एम्बुलेन्समा अदालत ल्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।