काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक आह्वान गरेका छन्। मंगलबार बिहान १० बजे संसद् भवन नयाँ बानेश्वरस्थित आफ्नै कार्यकक्षमा बस्ने गरी उनले विपक्षी दलको बैठक बोलाएका हुन्।
नेपाली कांग्रेसले सहकारीको रकम अपचलन सम्बन्धमा संसदीय छानबिन समिति नबनेसम्म संसद् अवरोध जारी राख्ने बताइरहेको छ। कांग्रेसले समिति नबने मंगलबार प्रस्तुत हुने बजेट पनि ल्याउन नदिने बताएको छ।
कांग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै आएका छन्। नेपाली कांग्रेस लगायत विपक्षी दलले यही माग राख्दै लगातार संसद् बैठक अवरोध गर्दै आइरहेका छन्।
त्यसैगरी सभापति देउवाले भोलि बिहान ११ बजे कांग्रेस संसदीय दलको बैठक समेत बोलाएका छन्।
भोलि सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदैछ। त्यसअघि देउवाले विपक्षी दल र आफ्नो पार्टीको संसदीय दलको बैठक बोलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।