काठमाडौं– नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको कार्यादेशबारे साझा धारणा बनाउन वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको छ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका नेताहरूसँग बालुवाटारमा भएको छलफलपछि कांग्रेसले आन्तरिक गर्न लागेको हो । सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ।
संसदीय छानबिन समिति गठनमा सत्ता पक्ष सहमत भए पनि समितिको कार्यादेशमा कुरा मिल्न सकेको छैन। गृहमन्त्री लामिछानेको नाम नै राखेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कांग्रेसको छ। सत्ता पक्ष लामिछानेको नाम उल्लेख गरेर कार्यादेश बनाउने पक्षमा देखिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।