काठमाडौं – संघीय सरकारी कार्यालय तर्फको कुल बेरुजुको ९७.४२ प्रतिशत १० मन्त्रालयको रहेको छ।
सो १० मन्त्रालयहरुमध्ये सबैभन्दा बढि बेरुजु अर्थमन्त्रालयको देखिएको छ भने सबैभन्दा कम पराराष्ट्र मन्त्रालयको रहेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ।
अर्थ मन्त्रालयको बेरुजु ५४.७४ प्रतिशत रहेको छ। यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बेरुजु २५.९९ प्रतिशत रहेको छ। यस्तै सञ्चार तथा सूचना प्रविधिको ६.७१, ऊर्जा जलस्रोत तथा सिंचाइको २.१९, सहरी विकास १.९८, खानेपानी १.६४, भूमी व्यवस्था १.३०, गृह १.१६, पर्यटन ०.८८, परराष्ट्र ०.८३ र अन्यको २.५८ प्रतिशत बेरुजु रहेको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।