काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बिहानसमम सहमति हुनसक्ने बताए। सदनमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
‘सदन अवरोधको स्थितिको बीचमा सदनमा उठेका प्रश्नको जवाफ दिनु परेको छ र मलाई नमिठो लागेको छ। यो स्थितिको अन्त्य गर्नै पर्दछ। मैले केहि दिनदेखि प्रतिपक्ष दलसँग छलफल गरीरहेका छौँ। यो गतिरोधको अन्त्य गर्न प्रयास भइरहेको छ। हामी सहमतिको नजिक पुगेको बेलाबेलामा छौँ। यहाँहरुलाई थाहै छ। मैले बिहान पनि नेपाली कांग्रेसका सभापति लगायतका नेतालाई भेटेर सहमतिको निम्ति प्रयास गरेको छु,’ उनले भने।
आज र भोलिसम्म,बजेट वक्तव्य पढ्नेबेलासम्म सहमति हुने दाबी गरे। ‘पूर्ववक्तास्वतन्त्र पार्टीको स्वर्णीम वाग्लेले संसदीय समिति बनाउन हामीलाई आपत्ती छैन भन्नु भएको छ। र संसदीय छानविन समिति बनाउने सहमति भइसकेको छ। त्यसको टिओआर बनाउने क्रममा सबैले सहमति र लचकता प्रदान गर्दा आज बेलुका र बिहान सम्म सहमति हुनसक्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।