काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार महाराेगका रुपमा विकसित भएकाे बताएका छन्। आयोग कार्यालय टङ्गालमा पदबहालीपछि उनले भने महारोग नै भएपनि अायोग भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन्। 'भ्रष्टाचार नियन्त्रणका लागि आयोगले इमान्दार र सकारात्मक पहल गर्नेछ' उनले भने, 'भ्रष्टचारी साना र ठूला नहुने भएकाले सबैलाई कानूनअनुसार कारवाहीको दायरामा ल्याइने छ।'
_x000D_
_x000D_
'दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, करोडौं खाने पनि भ्रष्टाचारी हो। भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन आयोग प्रतिवद्ध छ' उनले भने।
_x000D_
_x000D_
कानूनको सीमाभित्र रहेर इमान्दारीपूर्वक काम गर्ने र सानाठूला सबै खालका भ्रष्टाचारीलाई आयोगले कठोरतापूर्वक कारबाही गर्ने प्रतिवद्धता उनले व्यक्त गरे। सामाजिक प्रवृत्तिका रुपमा भ्रष्टाचार संस्थागत हुँदै गएकाले त्यसलाई नियन्त्रणका लागि कानूनी दायरामा रहेर आयोगले काम गर्ने भन्दै नवनियुक्त प्रमुख आयुक्त घिमिरेले सरकारका निकाय, नागरिक समाज, सञ्चारकर्मीबाट पनि आयोगले साथ पाउने विश्वास व्यक्त गरे।
_x000D_
_x000D_
राज्यका सबै निकायको एकीकृत र समन्वायत्मक प्रयासबाट मात्रै भ्रष्टाचारको पूर्ण नियन्त्रण हुने भन्दै नवनियुक्त प्रमुख आयूक्त घिमिरेले सहयोगका लागि आग्रह गरे। आफूले कानूनको अधीनमा रहेर भ्रष्टाचार नियन्त्रण, अनुसन्धानको कामलाई अगाडि बढाउने र समाजमा भ्रष्टाचार महारोगका रुपमा फैलिएको छ, त्यसलाई नियन्त्रण गर्न अधिकत्तम प्रयास गर्ने उनको कथन थियो।
_x000D_
_x000D_
प्रवृत्तिगत रुपमा पनि भ्रष्टाचारका अनेकन रुप देखिएकाले अनुसन्धानका लागि दक्ष जनशक्ति तथा प्रविधिको प्रयोगलाई पनि आफ्नो कार्यकालमा अगाडि बढाउने उनकाे भनाइ छ।
_x000D_
_x000D_
विसं २०७४ फागुन २ गतेदेखि कायममुकायम प्रमुख आयुक्तका रुपमा कार्यरत घिमिरे आज मात्रै प्रमुख आयुक्तमा नियुक्त भएका हुन्।
_x000D_
_x000D_
सपथ लिएलगत्तै आयोग कार्यालय पुग्नुभएका नवनियुक्त प्रमुख आयुक्त घिमिरेलाई आयोगका आयुक्तहरु, सचिव तथा आयोगमा कार्यरत कर्मचारीले स्वागत गर्दै सफल कार्यकालको कामना गरेका थिए।
_x000D_
_x000D_
पदभार ग्रहणलगत्तै नवनियुक्त आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणमा इमान्दार भएर खट्न, अनुसन्धानलाई प्रभावकारी बनाउन आयोगमा कार्यरत कर्मचारीलाई निर्देशन दिएका छन्। जनताको अपेक्षाअनुसार अनियमितता र भ्रष्टाचार नियन्त्रणमा आयोगका कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले इमान्दार प्रयत्न गर्नसमेत आग्रह गरे।
_x000D_
_x000D_
संसदीय सुनुवाई विशेष समितिले आज मात्रै प्रमुख आयुक्तमा घिमिरेलाई अनुमोदन गरेको हाे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।