• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जोशीमाथिको महाअभियोग तयारी तर्साउने रणनीति कि साच्चिँकै?

64x64
नेपाल लाइभ शुक्रबार, असोज ५, २०७५  ०१:०६
1140x725

काठमाडौं– संसदीय सुनुवाइबाट आफूभन्दा ‘जुनियर’लाई प्रधानन्यायाधीश स्वीकार गरेका दिपकराज जोशीमाथि महाअभियोग लगाउने भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले बिहीबार एकाएक हस्ताक्षर संकलन गरेको छ। खाली कागजमा हस्ताक्षर संकलन गर्दै जोशीलाई राजीनामा दिन दबाव सिर्जना गरियो। 

_x000D_ _x000D_

यसअघि संसददीय सुनुवाइ समितिमा बसेका एक सदस्यले जोशीलाई महाअभियोग लगाउने सन्देश पनि पठाएका थिए। तर, आफूले कुनै पनि असक्षम ठहरिने कार्यसम्पादन नगरेको भन्दै जोशी सर्वाेच्चमा फर्किए। सर्वोच्च फर्किएपछि उनीविरुद्ध नेकपाले महाअभियोगको तयारी गरेको हो।

_x000D_ _x000D_

महाअभियोगको तयारी हल्ला मात्र हो कि भन्ने शंकासमेत यसमा देखिएको छ। जोशी सर्वोच्चमा रहँदा काम गर्न अप्ठारो हुने भएपछि उनीमाथि राजिनामाको दबाव सिर्जना गर्न खोजेको रुपमा यसलाई बुझ्ने धेरै छन्। हस्ताक्षर संकलन भएपनि बिहीबार उनीमाथि महाअभियोगको प्रस्ताव दर्ता गरिएन। 

_x000D_ _x000D_

हस्ताक्षर गर्ने एक नेताले आन्तरिक छलफल पूर्ण नभएकाले शुक्रबार मात्र यस सम्बन्धमा निर्णय लिइने बताए। उनले जोशीलाई आज पनि राजिनामा दिन सन्देश पठाएका छन्।

_x000D_ _x000D_

जोशी सर्वोच्चमा रहिरहँदा कस्तो खतरा?

_x000D_ _x000D_

जोशीले नियमित रुपमा अदालत फर्केर मुद्दाको सुनुवाइ थाले पनि सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुनसक्ने आधार छन्। संसदीय सुनुवाइ समितिले आफ्नो बारेमा अध्ययन र आधार नै तय नगरी अस्वीकार गरेको भन्दै आफ्नो बचाउमा रहेका जोशीले सरकारले कानुनसम्मत नगरेका मुद्दा आफूले सुनुवाइ गर्न पाएको अवस्थामा कडा रुपमा प्रस्तुत हुनसक्ने छन्। सरकारलाई अप्ठ्यारो पार्ने मुद्दाहरुको हकमा पनि उनले आफ्नो अडान राख्न सक्ने छन्।

_x000D_ _x000D_

जोशी सुनुवाइबाट अस्वीकृत भएपनि पहिलो नम्बरका न्यायाधीश भएकाले न्यायाधीश नियुक्तिमा उनले भूमिका खेल्नसक्ने देखिन्छ। जिल्ला, उच्च र सर्वोच्च अदालतमा नियुक्तिका लागि उनले नेकपाको सिफारिस रोक्न सक्ने खतरा छ। हाल सर्वाेच्च अदालतमा तीन जना न्यायाधीश पद रिक्त रहेको छ भने जिल्ला र उच्च अदालतमा नियुक्ति गर्नुपर्ने अवस्थामा नेकपा निकट व्यक्तिको नाम आएमा जोशीले अवरोध गर्नसक्ने निश्चित देखिन्छ।

_x000D_ _x000D_

सुनुवाइ समितिमा आफूमाथि अन्याय गरेको भन्दै जोशीले प्रतिशोधको रुपमा नियुक्ति प्रक्रियामा बाधा पार्न चाहेमा सक्ने अवस्था रहन्छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सुनुवाइमा जोशी अस्विकारका आधार आरोप मात्रै?

_x000D_ _x000D_

संसदीय सुनुवाई समितिले जोशीलाई अस्वीकार गर्दा लिएका आधारहरु आरोप मात्र हुन्। त्यो पनि सत्ता पक्षको मात्रै। नेकपाले नेपाली कांग्रेस सुनुवाइ प्रक्रियाबाट बाहिरिएपछि उनमाथि विभिन्न आरोप लगाउँदै प्रधानन्याधीशका लागि उनको नाम अनुमोदन गरेको थिएन। बहुमतले अस्वीकार गर्नसक्ने संविधानको व्यवस्था अनुसार उनी अस्वीकृत भएका मात्र हुन्। 

_x000D_ _x000D_

संसदीय सुनुवाइबाट अस्वीकृत हुनु सर्वाेच्चका लागि अयोग्य हुने संवैधानिक व्यवस्था छैन। उक्त व्यवस्था नहुदाँ जोशीलाई सर्वोच्च फर्किने बल मिलेको हो। संसदीय समितिले अध्ययन र अनुसन्धान भन्दा आरोप लगाएर अस्वीकार गर्ने तर्फमात्र लाग्दा जोशीमाथि लागेको आरोप प्रमाणित हुन सकेनन्। आरोपहरु प्रमाणित नहुदाँ जोशी अयोग्य भन्ने ठोकुवा हुन सकेन। जसका कारण नेकपाको महाअभियोग आधार र कारणसहित आउनु पर्ने देखिएको छ।

_x000D_ _x000D_

प्रधानन्यायाधीशका लागि अयोग्य व्यक्ति सर्वाेच्चका लागि कसरी योग्य हुन्छ भन्दै नेकपाका सांसदहरु विशेषगरी संसदीय सुनुवाइ विशेष समितिमा सदस्य रहेकाहरुलाई यस्तो छटपटी भएको हो। महाअभियोग नै दर्ता गर्दा त्यसलाई पुष्टि गर्ने आधार आवश्यक हुने भन्दै उनीहरुले जोशीका फैसला विवादास्पद भनिएपनि त्यसमध्येका केही फैसलामा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसमेत सामेल भएकाले अप्ठ्यारो हुने देखिन्छ। जोशीलाई नैतिक दबाव दिने एकमात्र विकल्प भनेको मिश्रमार्फत मुद्दाको पेशी नतोक्न दबाव दिने थियो तर उक्त विकल्प अब सकिएको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

हालको हल्लासँगै जोशी पनि आन्तरिक छलफलमा छन्।

_x000D_ _x000D_

यसरी हेर्दा यो प्रकरण सहज रुपमा समाधान होला भन्ने देखिँदैन। जोशीका सामु पनि अब अगाडि कसरी बढ्ने भन्ने सन्दर्भमा ४ विकल्प देखिएको छ।

_x000D_ _x000D_

१) राजीनामा दिने 

_x000D_ _x000D_

६७ वर्षे न्यायीक इतिहासमा पहिलो पटक बरियताक्रममा दोस्रो नम्बरमा रहेको व्यक्ति नेतृत्वमा पुगेको छ। जोशी वरिष्ठतम् हुदाँहुदै पनि सुनुवाइ समितिबाट बहुमतले अस्वीकृत भए। यो उनका लागि ठूलो पीडाको विषय थियो। तर, जोशीले त्यसलाई सहज रुपमा लिएको देखिन्छ।

_x000D_ _x000D_

यो प्रकरणलाई गम्भीर रुपमा लिएर न्यायालयबाट अलग हुने उनमा पहिलो विकल्प रहन्छ। संसदको सुनुवाइ समितिले अयोग्य भनि लगाएको ‘ट्याग’ बोकेर उनी सर्वोच्चमा एक वर्षसम्म मुद्दा छिन्न इजलाशमा बस्नु आँफैमा असहज देखिन्छ। त्यसैले सहज बहिर्गमनका लागि उनले राजीनामा दिनु कम जोखिमपूर्ण विकल्प बन्न सक्छ।

_x000D_ _x000D_

२) महाअभियोगको सामाना गर्ने 

_x000D_ _x000D_

नेकपाका नेताहरुले यसअघि जोशीसमक्ष पठाएको सन्देश र बिहीबारको हस्ताक्षर संकलनलाई आधार मान्ने हो भने जोशीको दोस्रो विकल्प भनेको महाअभियोग दर्ता भएमा त्यसको सामाना गर्ने नै हो। त्यसमाथि सर्वोच्च अदालतको प्रधानन्यायाधीश र न्यायाधीश हटाउने एक मात्र बाटो भनेको महाअभियोग लगाउनुनै हो।

_x000D_ _x000D_

सुनुवाइ समितिबाट अस्वीकृत गरेपछि त्यसलाई पुष्टि गर्ने सोचले प्रेरित भई ‘इगो’को रुपमा मात्र महाअभियोग दर्ता हुने देखिन्छ। तर, त्यसलाई सामाना गर्दै पुष्टि गर्न चुनौती दिँदै सर्वोच्चको इजलाशमा बस्ने जोशीको दोस्रो विकल्प हो।

_x000D_ _x000D_

३) अदातल जाने तर मुद्दा नहेर्ने 

_x000D_ _x000D_

पहिलो नम्बरको न्यायाधीश भएको र सुनुवाई समितिबाट समेत आरोप लागेका कारण बाँकी अवधि मुद्दाभन्दा अदालतको सुधारमा खर्च गर्ने विकल्प जोशीका लागि तेस्रो विकल्प हुनसक्छ। प्रधानन्यायाधीश मिश्रसँग मिलेर न्यायलयभित्र हुने वेथिति अन्त्यका लागि आफूले मुद्दा नलिई उनले अन्य काम गर्नसक्ने छन्। जोशी न्यायपरिषद्को स्वतः वरिष्ठतम् सदस्य हुने भएकाले न्यायीक सुधारको काम गर्न उनलाई कानुनी बाधा रहँदैन।

_x000D_ _x000D_

४) जागिर खाने

_x000D_ _x000D_

जोशीका लागि सर्वोच्चको न्यायाधीश पदमा कायम रहिरहनका लागि (६५ वर्षे उमेर हद कट्न) २०७६ सालको असोज २४ गतेसम्म बाँकी छ। त्यो बेलासम्म उनले जागिर खान पाउने भएकाले सोही रुपमा अदालत उपस्थित हुने र मुद्दाको पेशी तोकिए हेर्ने र नतोकिए नहेर्ने गरी सर्वोच्चको न्यायाधीशनै बनेर रहनसक्ने जोशीका लागि चौथो विकल्प रहन्छ। तर, जोशीले हालसम्म राखेको अडान हेर्दा त्यसमा सहमत हुने देखिँदैन।

_x000D_ _x000D_

के चाहन्छन् जोशी?

_x000D_ _x000D_

जोशी सर्वोच्च अदालत फर्कन चाहनुको पनि धेरै अर्थ देखिन्छ। जोशीले संसदको निर्णय स्वीकार गर्दै अदालत आउनुको सिधा अर्थ जनताको मतको निर्णय स्वीकार गर्नु हो। तर, सर्वोच्च फर्केर उनी चुप लागेर बस्ने अवस्थामा देखिँदैनन्। यस्तो अवस्थामा सर्वोच्च फर्केर एक नम्बर न्यायाधीशको भूमिकामा मुद्दा सुनुवाइ गर्ने उनको भित्री इच्छा प्रष्टरुपमा देखिन्छ। उनले आफूले कुनै कमजोरी नगरेको दाबी गर्दै आएको आधारले यस्तो आँकलन गर्न सकिन्छ।

_x000D_ _x000D_

आफू संसदबाट अस्वीकृत भएपनि उनले निर्विवाद अदालतमा काम गर्न चाहेको बताउँदै आएका छन्। प्रधानन्यायाधीश सिफारिस हुनुअघि जुन रुपमा कार्य सम्पादनमा थिए सोही रुपमा काम गर्ने उनको चाहना छ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  ०१:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्