बुटवल– प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनका सहयोगी तीन जना अभियुक्त तारेखमा छुटेका छन्।
_x000D_
_x000D_
रुपन्देहीको देवदहका पूनलाई सघाएको अरोपमा उनीहरु पक्राउ परेका थिए। तुलसीपुर उच्च अदालत बुटवल इजलासले बिहीबार अभियुक्तहरु लेखनाथ न्यौपाने, तुलसी न्यौपाने र हरि श्रेष्ठलाई तारेखमा छाडेको हो।
_x000D_
_x000D_
तुलसीपुर उच्च अदालत बुटवलका मुख्य न्यायाधीश कुमार पोखरेल र न्यायाधीश कृष्णकमल अधिकारीको संयुक्त इजालासले उनीहरुलाई तारेखमा छाड्ने निर्णय गरेको हो।
_x000D_
_x000D_
अदालतमा अभियुक्तको तर्फबाट वरिष्ठ अधिवक्ता कमल जोशी, पूर्वमुख्य न्यायाधिवक्ता मुक्ति प्रधान, अधिवक्ता लिलाधर मरासिनी, शिव गौडेल लगायतले बहस गरेका थिए।
_x000D_
_x000D_
पुनको इकाउन्टरपछि रुपन्देही प्रहरीले एक दर्जन व्यक्तिहरुलाई पक्राउ गरी मुद्दा चलाएको थियो। रुपन्देही प्रहरीले पुनलाई अपराध गर्नमा उत्साह दिने, उक्साउने, व्यवस्थापन गर्ने, फिरौती संकलन गर्ने लगायतका अपराधमा सघाएको आरोपमा उनीहरु पक्राउ परेका थिए।
_x000D_
_x000D_
देवदह निवासी तत्कालीन एमाले निकट युवा संघका अध्यक्ष दुर्गा तिवारी र युवा व्यवसायी बलु पौडेलको हत्यापछि फरार रहेका पुनको प्रहरी इन्काउन्टरमा ज्यान गएको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।