काठमाडौँ- सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ। छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भएकामा मंगलबार एक लाख ४० हजार ६ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै तेजाबी सुन सोमबार तोलामा एक लाख ४१ हजार एक सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ३९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा ५५ले घटेको छ । सोमबार प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ८५ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।