काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टीले देश टुक्रयाउने उत्तेजक गतिविधि भएकोमा भन्दै भर्त्सना गरेको छ।
_x000D_
_x000D_
राष्ट्रिय अखण्डता माथि लज्जाजनक प्रहार भएको जनाउँदै राप्रपाले विखण्डनकारी समूहबाट दिनदहाडै र खुलेआम राष्ट्रिय एकता र अखण्डतामा आँच पुग्ने गतिविधि भइरहेका ठहर गरेको छ।
_x000D_
_x000D_
संविधान गतिशील दस्तावेज भएकाे र परिवर्तन गर्न नसकिने धर्मग्रन्थ नभएको जनाउँदै आफ्ना मागहरू संविधान संशोधन गरेर समावेश गर्न सकिने सकिने समेत राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
_x000D_
_x000D_
‘राष्ट्रिय अखण्डतामाथि भएको गम्भीर प्रहारको घटनामा साँधिएकाे मौनताले सरकार लाचार, निरिह, असक्षम र असफल हुँदै गएको प्रष्ट हन्छ’ विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।