• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

काठमाडौं महानगरको  ‘सीप मेला’बाट तालिम लिन ४३ हजारले दिए आवेदन

64x64
नेपाल लाइभ बुधबार, जेठ २, २०८१  १०:४५
1140x725

काठमाडौं– निःशुल्क सीपमूलक तालिम लिनका लागि काठमाडौँ महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८६६ जनाको आवेदन दिएका छन्। यसमध्ये ४३ हजार ५८ जनाले ‘सीप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएका हुन्।

२०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा १० क्षेत्रका ३० वटा पेशासँग सम्बन्धित निःशुल्क तालिमका लागि ‘सीप मेला’ कार्यक्रमका लागि आवेदन आव्हान गरेको थियो। तालिमका कक्षाहरु वैशाख १९ गतेदेखि निरन्तर चलिरहेका छन्।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत चालु आर्थिक वर्षमा १५ हजार व्यक्तिलाई निःशुल्क तालिम प्रदान गर्ने, यसरी तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आवद्ध गराउने लक्ष्य छ।

‘आवेदकले अनलाइनबाट र कागजमा फाराम भरेर आवेदन दिनुभएको छ।’ आवेदकहरुको संख्याका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन् ‘यस्ता आवेदकहरुलाई नाम थर, मोवाइल नम्बर, नागरिकता नम्बर, ठेगाना जस्ता सूचकका आधारमा एकजनालाई एउटै मात्र तालिमका लागि छान्छौँ। यसपछि सीप मेलाको तालिममा सहभागी गराउन आवेदन दिनुभएका तर त्यहाँ समावेश गर्न नसकिएका आवेदकलाई ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत सञ्चालन भइरहेका तालिम कार्यक्रममा सहभागी गराउँछौँ। यो तालिम पनि निःशुल्क हो। यसमा १० क्षेत्रका ३५ भन्दा धेरै पेशासँग सम्बन्धित तालिम छन्।’

438154426_426938206777674_8834893683547049803_n-1715748647.jpg
झाका अनुसार हरेक वडाबाट १ सय जनालाई सहभागी गराउन फाराम पठाइएको थियो। यसको विवरण अद्यावधिक भइरहेको छ। कार्यक्रम शुभारम्भका दिन (वैशाख १९) टुँडिखेलमा आएका सहभागीहरूको ठुलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो। त्यो एक दिनमा ४ हजार १८२ जनाले फाराम भरे।

त्यसदिनभन्दा अगाडि ७ हजार ३८२ जनाको आवेदन प्राप्त भइसकेको थियो। वैशाख २० गतेदेखि ३० गतेसम्म त्यसदिन पछाडि १३ हजार ९९४ जनाको आवेदन प्राप्त भएको छ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिएका छन्। यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८८५ जनाले आवेदन दिए। जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका थिए। बाँकीले अन्य विभिन्न विषयका आवेदन दिएका थिए।

‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो।

Ncell 2
Ncell 2
nimb
nimb

सीप मेलाको अन्तिम २ दिन रोजगार मेला हुनेछ। यस दिन रोजगारदाताहरू स्टलमा रहनेछ। सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरू सम्पर्कमा गएर आफ्नो सीपका बारेमा बताउनेछ। यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नेछ। रोजगारदाताले सीपयुक्त जनशक्ति प्राप्त हुनेछन्।

438154507_462556372824865_5095730191348568593_n-1715748646.jpg
सीप मेलामा को को आए?

सोमबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रशिक्षण चलिरहेको ठाउँमा गएर सिकाइ विधि निरीक्षण गरे। त्यस क्रममा रहेका सीप मेला निर्देशक समितिका सदस्य सुदीप ढकालले तालिमको लक्ष्यका नीतिसँग सम्बन्धित विषयमा र रोजगार संयोजक देवेन्द्र के. सी. ले प्रशिक्षण कक्षाहरुका विषयमा जानकारी गराएका थिए।

त्यस क्रममा प्रमुख शाहले, वेल्डिङ् सीप सिकिरहेको प्रशिक्षार्थीहरुसँग फलामको जोडाइका बारेमा प्रशिक्षकसँग पेशागत सुरक्षा सिकाइका बारेमा प्रश्न गरेका थिए। यस्तै डकर्मी तालिम लिइरहेकोहरुसँग प्लाष्टरका विधि, गारो बनाउने विधि र जोडाइलगायत विषयमा सिकेका सीपका बारेमा प्रश्न गरेका थिए।

Xtrem

Xtrem

यस्तै उपप्रमुख सुनिता डंगोलले, अवलोकन निरीक्षण गर्दै देशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वाश लिन आग्रह गरिन्। सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीले, तालिमको गुणस्तर मापनमा काम गर्ने बताए।

सीप मेलामा संघीय सरकारका श्रम र रोजगारसँग सम्बन्धित मन्त्रालय र विभाग, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरु, निजी, गैरसरकारी तथा वाणिज्य क्षेत्रमा पदाधिकारीहरुले अवलोकन गरिरहेका छन्।

438158193_1016975079792805_4837947145948547940_n-1715748646.jpg
 

यस क्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), दैलेखको नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा सहित स्थानीय तहबाट जनप्रतिनिधि र रोजगार संयोजकसहित कर्मचारीहरु अवलोकनका लागि आएका थिए ।

यस्तै संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि, निजी उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरुले अवलोकन गरेका थिए।

अवलोकनका क्रममा प्रमुख हमालले, आफ्नो नगरपालिकामा कार्यररत रोजगार संयोजकलाई तालिमका विषय र व्यवस्थापन सिक्न मेला स्थलबाटै बोलाए। जीतपुरसिमराका प्रमुख पौडेलले, प्रशिक्षार्थीले तयार पारेको पिजा खाए।

441456926_3695968797292413_1298670067477714684_n-1715748646.jpg
जीतपुरसिमराका प्रमुख पौडेलले, प्रशिक्षार्थीले तयार पारेको पिजा चाखेका थिए। यसपछि उनले, महानगरपालिकाले सञ्चालन गरेको व्यवहारिक सीपयुक्त तालिम अन्य पालिकाका लागि पनि अनुकरणीय काम भएको प्रतिक्रिया दिए।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपै... शनिबार, असोज १०, २०८३
सुनको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो । शुक्रबार, असोज ९, २०८३
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा शनिबार, असोज १०, २०८३
कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्