काठमाडौं– सरकारले आगामी दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ। मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
उनले सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवयेर सरकारी क्षेत्रबाट निर्माण गर्ने तथा देशमा विकसित सफ्टवयेरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिइने बताए।
उनले सूचना प्रविधिलाई डिजिटल आधारको रुपमा लिइ सामाजिक आर्थिक रुपान्तरण गर्ने आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाइने बताए।
उनले सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रुपमा विकास गर्ने प्रोत्साहन गरी नेपाललाई ग्लोवल सूचना प्रविधि हपको रुपमा विकास गरिने बताए।
उनले काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त ठाउँहरुमा सूचना प्रविधि वर्क स्टेशन सञ्चालन गरी कम्तिमा पाँच हजार रोजगारी सिर्जना गरिने बताए।
सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नको लागि प्रोत्साहनका कार्यक्रम ल्याउने भएको छ। अर्बौं ऋण लगानीमा ठूला पूर्वाधार बनाए पनि सञ्चालन गर्न नसकेपछि थप प्रोत्साहनका कार्यक्रम ल्याउने घोषणा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।