काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाएको छ।
पार्टीका एक पदाधिकारीका अनुसार सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र खान स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने टुंगो लागेको बताइएको छ।
झाको मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन। उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार राजीनामा दिएपछि उक्त मन्त्रालय खाली भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।