काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको विश्वासको मत लिने प्रयोजनका लागि अहिले प्रदेश सभा बैठक चलिरहेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैठकमा विश्वास मतको प्रस्ताव राखेका छन्। नेकपा (एमाले) संसदीय दलका नेतासमेत रहेका कार्की वैशाख २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए।
कार्कीलाई एमालेसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालकी सांसदले विश्वास मत दिने भएका छन्।
यहाँ एमालेका ४०, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपा नेपालका एक सांसद छन्। मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ४७ जना सांसद भए पुग्छ।
नेपाली कांग्रेसले भने विश्वासको मत दिने भएको छ। यति मात्र नभइ कांग्रेसका सांसदहरु बैठकमै उपस्थित भएका छैनन्। कांग्रेस संसदीय दलको सोमबारको बैठकले सर्वोच्च अदालतमा मुख्यमन्त्रीविरूद्ध मुद्दा विचाराधीन रहेकोले मुख्यमन्त्रीले विश्वास मतका लागि प्रस्ताव राख्ने बैठकमै सहभागी नहुने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।