काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ। कांग्रेसले संसद्मा जारी गतिरोध र घटनाक्रमबारे छलफल गर्न आज दिउँसो १ बजे संसदीय दलको बैठक आह्वान गरेको हो।
आइतबार बसेको पार्टी पदाधिकारी बैठकले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भएको निष्कर्ष निकाल्दै थप निर्णय दलको बैठकबाट गर्ने निर्णय गरेको थियो।
कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति माग गरिरहेको छ। तर सरकार तयार नभएपछि संसद प्रभावकारी रुपमा सञ्चालन हुनसकेको छैन।
आजको बैठकमा संसदीय छानबिन समिति गठनको विषयलाई थप सशक्त बनाएर लैजाने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।