काठमाडौं– चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपालको मुद्रास्फीतिदर (मूल्यवृद्धि) ४.६१ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। चैत मसान्तसम्ममा यस्तो मूल्यवृद्धिदर ४.६१ प्रतिशत रहेको थियो।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ९ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि दर ५.२१ प्रतिशतले वृद्धि भएको छ।
यस्तै गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि दर ४.१४ प्रतिशत रहेको छ। गत फागुन मसान्तसम्ममा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि दर ५.९४ प्रतिशत रहेको थियो भने गैरखाद्य तथा सेवासमूहको मूल्यवृद्धि दर ३.५९ प्रतिशत रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।