• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यौनिक अल्पसङ्ख्यकलाई एचआइभी सङ्क्रमण जोखिम उच्च

64x64
रासस शनिबार, वैशाख २९, २०८१  १६:४५
1140x725

नवलपुर– यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुलाई एचआइभी सङ्क्रमणको जोखिम उच्च हुने गरेको सरोकारवालाहरुले जनाएका छन्। आज यहाँ आयोजित नेपाल प्रहरीसँगको सचेतना बैठकमा सरोकारवालाहरुले यौनिक अल्पङ्ख्यकहरु यौन व्यवसायमा संलग्न हुनुपर्ने बाध्यताका कारण एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेको बताएका हुन्।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारकर्मी भूमिका श्रेष्ठले यौनिक अल्पसङ्ख्यकलाई रोजगारीमा समस्या हुने गरेको बताइन्। ‘यो समुदायका मानिसलाई सरकारी तथा निजी क्षेत्रमा काम गर्ने अवसर दिइँदैन, बाध्य भएर उनीहरु यौन व्यवसायमा संलग्न हुने गरेका छन्,’ उनले भनिन्, ‘अन्तरलिङ्गीहरुमा एचआइभी सङ्क्रमणको दर छ दशमलव तीन प्रतिशत छभने समग्र यौनिक अल्पसङ्ख्यक समुदायमा एचआइभी सङ्क्रमण दर ११ दशमलव पाँच प्रतिशत रहेको छ।’

नागरिकतामा अन्य समुदायको भनेर पहिचान खुलाइने कारण पनि यो समुदायलाई रोजगारीको अवसर प्रदान नगरिएको श्रेष्ठको भनाइ छ। संविधानले आफूहरुको अधिकार स्थापित गरेको भए पनि व्यवहारमा त्यो लागू हुन नसक्दा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरु समस्यामा परेका उनले बताइन्। 

बाल्यावस्थाबाटै आफूहरुले समाजमा अन्य व्यक्तिहरुको तुलनामा बढी सङ्घर्ष गर्नुपर्ने बताउनुहुँदै श्रेष्ठले भनिन्, ‘सुरुमा पढ्न समस्या, पढे पनि बीचमै पढाइ छोड्नुपर्ने बाध्यता, अध्ययन पूरा गरेपछि  अन्तरलिङ्गी भएकै कारण रोजगार नपाउने अवस्था छ।’ 

समुदायले गर्ने व्यवहार, सार्वजनिक स्थानमा हुने दुव्र्यवहार तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमैत्री शौचालय नहुँदा आफूहरुमा मानसिक तनाब बढ्ने उनको भनाइ छ। 

कार्यक्रममा ब्ल्यू डाइमन्ड सोसाइटी नेपालकी कार्यकारी निर्देशक मनिषा ढकालले राष्ट्रिय जनगणना २०७८ ले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको सङ्ख्या दुई हजार नौ सय २८ मात्रै देखाए पनि यथार्थमा यो सङ्ख्या निकै ठूलो रहेको बताइन्। 

‘गणकहरुले जनगणना गर्दा हामीलाई नसोधी हाम्रो लिङ्ग लेखिदिने गरेका छन्,’ उनले भनिन्, ‘कतिपय व्यक्ति परिवार र समाजको डर तथा लाजका कारण खुल्न नसक्दा यथार्थ तथ्याङ्क आउन सकेको छैन।’ 

आफ्नो समुदायको मानिसको यथार्थ तथ्याङ्क निकाल्नका लागि आफूले सरकारलाई नमूना सर्वेक्षण गर्न आग्रह गरेको उल्लेख गर्दै ढकालले केही समयमा नमूना सर्वेक्षण हुने बताइन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरु घरपरिवारबाटै हिंसाको सिकार हुनुपरेको उनको गुनासो छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘सन् २०२३ मा युएन वुमनले नेपालका सातै प्रदेशमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भएका एक हजार एक सय ८१ जनामा गरेको अध्ययनमा ८१ प्रतिशतले यौनिकताका आधारमा हिंसामा परेको जनाएका थिए,’ उनले भनिन्, ‘त्यस अध्ययनबाट ७१ प्रतिशतले भावनात्मक हिंसा, ४९ प्रतिशतले यौनजन्य हिंसा, ४९ प्रतिशतले शारीरिक हिंसा एवम् ४० प्रतिशतले आर्थिक हिंसा भोगेको जनाइएको छ।’

हिंसाका पीडकहरुमा परिवार, आत्मीय व्यक्ति, प्रहरी, स्वास्थ्य सेवा प्रदायक, समुदाय, विद्यालय तथा कार्यालय रहने गरेका ढकालको भनाइ छ। लिङ्गका आधारमा पुरुष भएर जन्मिएका व्यक्तिको शारीरिक बनावट महिला वा महिला भएर जन्मिएका व्यक्तिको शारीरिक बनावट पुरुष हुँदा उनीहरुले नागरिकता लिँदा समस्या भोग्नुपर्ने उनको भनाइ छ।

‘जन्मदर्तामा भन्दा नागरिकतामा फरक लिङ्ग लेख्नुपर्दा अस्पतालमा गएर चिकित्सकको अगाडि नाङ्गिनुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘शरीर परीक्षण गराएर वीर अस्पतालले सिफारिस दिएपछि पनि नागरिकतामा पहिचान स्थापित गराउन दुई वर्ष समय लाग्छ, फेरि हामीले चाहेको नाम नागरिकतामा राख्न पाइँदैन।’

उनले अगाडि थपिन्, ‘हाम्रो नाम जन्मदर्तामा राम छ भने रमा बनाइदिन्छन्, शुभेच्छा भनेर राख्न दिँदैनन्।’ ब्ल्यू डाइमन्ड सोसाइटी नेपालका कार्यक्रम संयोजक देव श्रेष्ठले आफूहरुले समुदायमा जनचेतना फैलाउन विभिन्न कार्यक्रम गर्दै आएको बताइन्। 

हिंसामा परेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई संरक्षण गर्न ‘सम्मान गृह’ स्थापना गरेर उनीहरुलाई निःशुल्क आवास, गाँस तथा औषधिउपचारको व्यवस्था गरेको श्रेष्ठले बताइन्। 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई एचआइभी तथा एड्सबाट जोगाउनका लागि विभिन्न कार्यक्रम, औषधिसँगै उनीहरुलाई कण्डम र लुब्रिकेन्ट वितरण गर्दै आएको श्रेष्ठले जानकारी दिइन्।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? प्रधानमन्त्री तथा रक्षामन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भएको भेटमा सिग्देलको हालै सम्पन्न चीन भ्रमणबारे जानकारी लिइएको सैनिक प... सोमबार, असोज ५, २०८३
प्रसुति हिंसा न्यूनीकरणका लागि कानुन निर्माणमाको माग सम्मानजनक प्रसूति के हो ? यसका आयाम के हुन् र प्रसूति हिंसालाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा एफडब्लुएलडीका अधिवक्ता दिपेश... सोमबार, असोज ५, २०८३
ऊर्जामन्त्री श्रेष्ठको प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत, बिजुलीमा भ्याट हट्ने भ्याट कार्यान्वयनमा ल्याएको दुई महिनामै सरकारले खारेज गर्ने तयारी गरेको हो । सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
‘नयाँ नेता, पुराना गाडी’ : आशिकाले उठाइन् स्वच्छ हावाको सवाल सोमबार, असोज ५, २०८३
राजदूत सिफारिसमा ज्ञानेन्द्र शाहीको आपत्ति: मापदण्ड मिचेर नियुक्ति गर्न मिल्छ? सोमबार, असोज ५, २०८३
प्राविधिक शिक्षा सुधार्न नीति र कानुनमै सुधार गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, असोज ५, २०८३
आगलागीपछि फेरि खुल्यो टंगालको भाटभटेनी, गुरुङले भने– ‘ज्यानको बाजी राखेर उठाएँ’ सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेनसँग कांग्रेस नेताहरुको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्