काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले साँचो समृद्धिको बाटो अझै सहज नरहेको जिकिर गरे। उनले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतिहरुको सामाना गर्नुपरेको उल्लेख गर्दै अस्थिरताका कारण सोचेअनुरुपको विकास हुन नसकेको बताए।
उनले दुर्गम गाउँहरुमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघसंस्थाहरुले महत्वपूर्ण भुमिका रहेको उल्लेख गरे। उनले अध्यक्ष दाहालले नेपाल प्राकृतिक श्रोत, साधन, सम्पदा र अथाह सम्भावना भएको देश रहेको पनि बताए।
उनले भने, ‘हामी सबैलाई थाहा छ, नेपाल प्राकृतिक श्रोत, साधन, सम्पदा र अथाह सम्भावना भएको देश हो। वैभवशाली प्राकृतिक श्रोत साधन, सांस्कृतिक विविधता र मेहनती, स्वावलम्वी, एवं परिश्रमी मानिसहरुले भरिपूर्ण नेपाल अनेकतामा एकता भएको देश पनि हो। तर साँचो समृद्धिको बाटो भने सहज छैन। हामीले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतिहरुको सामाना गरेका छौँ। जसले हाम्रो देशको समृद्धिमा सोचेअनुसार काम भइरहेको छैन। दुर्गम गाउँहरुमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघसंस्थाहरुले महत्वपूर्ण भुमिका खेलका छन्। जसले श्रोतहरुको पहिचान गर्दै साझेदारीलाई बढावा दिँदै र व्यक्तिलाई आफ्नै विकासको जिम्मा लिन सशक्त बनाउँदै अगाडि बढिरहेका छन्। हामी हाम्रा अनुभव, अन्तरदृष्टि र उत्कृष्ट अभ्यासलाई साझा अर्थात सामुहिक गरेर मात्रै समुन्नत र समतामुलक नेपाल निर्माणमा सामाजिक संस्थाहरुको भुमिकालाई कसरी अझ बलियो बनाउन सक्छौँ, भन्ने सन्दर्भ महत्वपूर्ण हुन जान्छ।’
अध्यक्ष दाहालले अनुभव, अन्तरदृष्टि र उत्कृष्ट अभ्यासलाई साझा र सामुहिक गरेर मात्रै समुन्नत र समतामुलक नेपाल निर्माण गर्न सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।