महाेत्तरी– महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति मृत्यु भएको छ।
_x000D_
_x000D_
मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ लक्ष्मीनियाँ घर भई विसं २०७४ साल साउन १६ गतेदेखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका ४० वर्षीया रामनरेश शर्मा रहेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले बताए।
_x000D_
_x000D_
हिजो बेलुका एपेन्डिसाइट्सका कारण पेट बेस्सरी दुखेपछि उनलाई जलेश्वरस्थित शान्ति सामुदायिक अस्पतालमा उपचारका लागि लगिएकामा राति ९ बजे उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए।
_x000D_
_x000D_
महोत्तरी जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दाअन्तर्गत २०७४ साउन १६ गते उनलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएकोमा उनी सोही बेलादेखि बन्दी जीवन बिताउँदै आएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।