लहान– सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट पन्ध्रसय भन्दा बढी लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट पारेको छ।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालय तथा र्इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले १ हजार ६ सय ९९ लिटर तयारी घरेलु मदिरा तथा एक हजार ७ सय लिटर घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट पारेको हो।
_x000D_
_x000D_
जिल्लामा शुरु गरिएको घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत भदौ महिनाभरीमा उक्त परिणाममा मदिरा नष्ट पार्नुका साथै मदिरा उत्पादनका लागि प्रयोग गरिएका १३ थान भाँडाकुँडासमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज रिमालले जानकारी दिए।
_x000D_
_x000D_
यस्तै सिरहा प्रहरीले विगत एक महिनाको अवधिमा जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
पक्राउ परेकाहरूको साथबाट डाइलेक्स डिसी आठ बोतल, नाइट्रोजन ट्याब्लेट १९ चक्की, स्पास्मो प्रोक्सिभन ४० ट्याब्लेट र गाँजा एक चिलिम बरामद भएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।