• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

खडेरीले सुक्न थाल्यो मकै

64x64
रासस सोमबार, वैशाख २४, २०८१  ११:१०
1140x725

झापा–  झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन्। घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ।

कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्‍याउने बताए। झापामा महिनौँदेखि वर्षा भएको छैन। ‘सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै असर हुँदैन,’ उनले भने, ‘तर, “सिँचाइको सुविधा नभएको मकैबाली सुकेर परालसरी भएको छ। उत्पादनमा ठूलो असर पुर्‍याउने सम्भावना छ।’

झापामा सिँचाइ सुविधा भएको क्षेत्रफल यकिन छैन। सरकारी आँकडामा ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा रहेको बताइए पनि धेरैजसो सिँचाइ आयोजना मर्मतसम्भारको अभाव र स्रोत सुक्दै गएका कारण किसानले खेतीमा पर्याप्त पानी पठाउन सकेका छैनन्।

मेचीनगर–१५ ज्यामिरगढीका जयप्रसाद भेटवालको खेतीमा खडेरीले मकैका बोट ठाडै सुकेका छन्। ज्यामिरगढीको अधिकांश क्षेत्र सिँचाइ सुविधाबाट वञ्चित छ। निन्दा र टिमाइ खोलामा बाँध बाँधेर नहर सञ्चालन हुँदै आए पनि खडेरीले नहरको मुहानमै पानी अभाव भएको छ।

निन्दा नहरको मुहान कच्ची रहेको र पानीको स्रोत सुक्दै गएका कारण नहरमा कमिला कुदिरहेको स्थानीय किसान बताउँछन्। नहरमा पानी नआउने र खडेरी चर्किएपछि गाउँका अधिकांश मकैबाली सुकेर परालसरी भएको स्थानीय किसान अम्बिका शिवाकोटी बताउँछन्। किसानका लागि मकै धानपछिको मुख्य उत्पादन बाली हो। 
तर, मकैका बोट सुकेर क्षति पुगेका किसानको अवस्था बुझ्न हालसम्म कुनै तहको पनि सरकारका प्रतिनिधि नआउँदा उदेक लागेको शिवाकोटी बताउँछन्। 

Ncell 2
Ncell 2

झापामा नदी सिँचाइबाहेक सोलार सिँचाइका योजना पनि सञ्चालनमा छन्। विद्युतीय ऊर्जाबाट चल्ने मोटरले भूमिगत जल तानेर सिँचाइ गर्ने सुविधा थोरै खेतीमा मात्र रहेको छ। यसबाट खडेरीमा सुक्न लागेको मकैबालीलाई ठूलो राहत दिएको छ।

मेचीनगरमा पालिया र निन्दा सिँचाइ आयोजना, वुद्धशान्तिमा हँडिया फूलवासा सिँचाइ आयोजना, बिर्तामोडमा देवनिया खोला सिँचाइ आयोजना र हल्दिवारीमा हर्चना कृषक सिँचाइ आयोजना वर्षौदेखि सञ्चालनमा छन्। कनकाई सिँचाइ आयोजना जिल्लाको सबैभन्दा ठूलो र पुरानो सिँचाइ नहर हो। 

झापा गाउँपालिकामा टाघनडुब्बा सिँचाइ आयोजना, कमल गाउँपालिकामा भुतलुङ सिँचाइ आयोजना र बाह्रदशी गाउँपालिकामा सन्यासमुनि सिँचाइ आयोजनाले खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुर्‍याएको छ। झापा गाउँपालिकामा पाँच वर्षदेखि ‘मकै जोन’ लागू भएको छ। आँखाले हेर्दा भ्याउञ्जेलसम्म मकैखेती देखिने यस पालिकामा किसानले व्यावसायिक रुपमा मकैखेती गर्दै आएका छन्। 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतनाथ भण्डारीका अनुसार आर्थिक वर्ष २०७९/८० मा झापामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकै खेती गरिएकामा चालू आवमा मकैखेती विस्तार भएको छ। जिल्लामा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन मकैबाली उत्पादन हुने प्रक्षेपण गरिएको छ। 

झापा गाउँपालिकाको मकैजोनलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सिँचाइ र उपकरणमा अनुदान उपलब्ध गराउँदै आएको छ। पाँच सय हेक्टर जमिनमा भएको खेतीलाई मात्र जोन घोषणा गर्ने चलन छ। झापा गाउँपालिका र कनकाई नगरपालिकाले मकै मकै खेती गर्ने किसानलाई सिँचाइमा लाग्ने विद्युत् महसुलको ६० प्रतिशत रकम अनुदान दिँदै आएको छ।

कृषिविज्ञ खरेल लामो खडेरीको मुख्य कारण जलवायु परिवर्तनको असर भएको बताउँछन्। खडेरी प्रभावित मकै खेतीमा घोगा नलाग्ने समस्या आउने उनको भनाइ छ। वर्षाका लागि भगवानसँग प्रार्थना गर्दै झापाका किसानले भ्यागुताको बिहे र सन्सारी पूजा गर्दै आएका छन्।

अर्जुनधारा नगरपालिका–२ टाङटिङ खोलामा स्थानीय किसानले बाजागाजाका साथ एक जोडी भ्यागुताको विवाह गराएका हुन्। वर्षाका लागि जिल्लाका विभिन्न खोला किनारमा भगवान इन्द्रको पूजा र भाकल पूजासमेत हुने गरेको छ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय सोमबार, पुस २८, २०८२
गगनको दाबी: निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
यस्तो छ विशेष महाधिवेशनमा गगन थापाले पेस गरेको प्रतिवेदनको पूर्णपाठ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्