कैलाली- राजपाका नेता राजेन्द्र महताेले टीकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियूक्तसँग भेटघाट गरेका छन्।
_x000D_
_x000D_
बुधबार कैलाली जिल्ला कारागारमा पुगेर उनले कैदीबन्दीको अवस्था, उनीहरुको मागलगायतका विषयमा जानकारी लिएका हुन्। भेटघाटपछि उनले रिहाइका लागि सरकारसँग पहल गरिरहेको जानकारी दिए।
_x000D_
_x000D_
‘मैले पटक–पटक सरकारसँग वार्ता र छलफल गरिरहेको छु’ उनले भने ‘सरकारले आश्वासन त दिएको छ तर, नतिजा आउने गरी काम भने गरेको छैन्।’
_x000D_
_x000D_
आफुहरु अहिले पर्ख र हेरको नीतिमा अघि बढिरहेको बताउँदै उनले भने ‘सरकार संवेदनशील नभए हामी कडा रुपमा अघि बढ्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।