काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जनताको स्वतन्त्रता उपभोग गर्ने अधिकारको रक्षा गर्न सम्पूर्ण सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन्।
_x000D_
_x000D_
बुधबार काठमाडौँमा ‘नयाँ पाइला’ नामक अनलाइन पत्रिकाको शुभारम्भ गर्दै सभामुख महराले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने गरी सञ्चार कर्म गर्न पनि अनुरोध गरे। अबको पत्रकारिताको केन्द्रमा देश र जनतालाई राख्दै थप विश्वसनीय हुन पनि आग्रह गरे।
_x000D_
_x000D_
उद्घाटन कार्यक्रममा नेकपाका सांसद योगेश भट्टराईले जनतालाई संविधानले दिएको अधिकारलाई सुरक्षित गरेर मात्र पत्रकारिता सम्भव रहेको बताए। भर्खरै जारी भएको मुलुकी देवानी र फौजदारी कानुनले व्यवसायिक कामलाई कुनै अप्ठेरो नपारेको तर्क गरे।
_x000D_
_x000D_
सांसद भट्टराईले अमर्यायदित तथा अव्यवसायिक काम गर्ने जो कोही पनि कानुनको दायरामा आउनु पर्ने बताए। स्वतन्त्र प्रेस सबै राजनैतिक दलको अवधारणा रहेकोले कोही पनि नडराउन आग्रह गरे।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले स्वतन्त्र प्रेसमाथि अङ्कुस लगाउने अभिप्रायले अगाडि बढेको आरोप लगाए। भर्खरै जारी भएको मुलुकी देवानी र फौजदारी कानुन निर्माणमा भएको असावधानीलाई लिएर सरकार पक्षका व्यक्तित्वहरुले दिएको टिप्पणीलाई इन्गित गर्दै शर्माले स्वतन्त्र प्रेसको टाउकोमा तरवार नझुन्ड्याउन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।