काठमाडौं- चालु आर्थिक वर्षमा ३.८७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको यस वर्षको आर्थिक वृद्धिदरको अनुमान अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको छ।
गत आर्थिक वर्षको आधारभूत मूल्यको आर्थिक वृद्धि १.९५ प्रतिशत हुने संशोधित अनुमान रहेको छ भने आर्थिक वर्ष २०७८/०७९ मा ५.६३ प्रतिशत कायम रहेको तथ्यांक कार्यालयले जनाएको छ।
नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०८०/०८१ मा ५७ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान रहेको छ। गत आर्थिक वर्ष अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहने तथ्यांक कार्यालयको संशोधित अनुमान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।