काठमाडौं- चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको यस वर्षको आर्थिक वृद्धिदरको अनुमान अनुसार प्रतिव्यक्ति आय १ हजार ४५६ पुग्ने जनाइएको छ।
गत आर्थिक वर्षमा नेपालीको औसत आय १ हजार ४०५ डलर रहेको थियो। चालु आर्थिक वर्षमा ५१ डलर बढेको हो।
पर्यटन आगमनमा देखिएको सकारात्मक प्रभाव लगायका कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।