काठमाडौं- मधेश प्रदेशमा बेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएकी छिन्। गत वैशाख ६ गते बिना विभागीय मन्त्री नियुक्त भएकी उनलाई बिहीबार मन्त्रालय तोकिएको हो।
लुंगेलीले बिहीबार नै पदभार ग्रहण गरेकी छिन्।
लुंगेली नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकी हुन्। उनी सर्लाही- १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन्।
त्यसै दिन बिना विभागीय मन्त्री नियुक्त भएका माओवादी केन्द्रका भरतप्रसाद साहको भने मन्त्रालय टुंगो लागेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।