काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताएका छन्।
बिहीबार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले स्व नेता अधिकारी अनेक उत्तारचढावहरु भएपनि कहिले पनि खण्डित नभएको बताए। उनले शासन सत्तामा रहँदा मात्रै नभइ स्व नेता अधिकारी प्रतिकुल अवस्थामा समेत स्थिर रहेको बताए।
उनले कम्युनिष्ट आन्दोलन भित्र देखापर्ने कुनै पनि अतिवादमामा स्व अधिकारी नरहेको बताए। उनले स्वभाव र विचारमा नरम देखिए पनि देब्रे वा दाहिने विचार र प्रवृत्तिको विरोधमा रहेको बताए।
उनले अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीहरुले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न आवश्यक बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले स्व मनमोहन अधिकारी भूराजनीतिक संवेदनशिलताप्रति गम्भीर रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।