महोत्तरी– महोत्तरीमा व्यापारीलाई लुटपाट गर्ने चार लुटेरालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला नगरपालिका–११ का १८ वर्षीय विवेक श्रेष्ठ, १६ वर्षीय सुरेश महतो तथा सोनमा गाउँपालिका–११ का ३० वर्षीय रामभरोसकुमार यादव रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
_x000D_
_x000D_
लुटेराले मनरासिस्वा नगरपालिका–२ इटहर्वाका व्यापारी विनोद चौधरीसँग रहेको ५ लाख लुटेका थिए।
_x000D_
_x000D_
घरबाट गौशाला जाँदै गरेका यादवलाई गौशाला नगरपालिका–८ स्थित मरहा खोला नजिक पेस्तोल देखाउँदै नगद लुटेर उनीहरु भागेका थिए।
_x000D_
_x000D_
पर्सा प्रहरी चौकीले चारै जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट बा२३प ४६०४ नं को पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।