• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पश्चिम नेपालमा किन छ भूकम्पको जोखिम?

64x64
नेपाल लाइभ बुधबार, वैशाख १२, २०८१  ०९:३५
1140x725

नेपालमा आउने भूकम्‍पको सम्भावनाभन्दा कारण के भनेर जान्नुपर्छ। नेपाल यस्तो ठाउँमा छ, जसको मुनि दुई वटा प्लेट आपसमा ठोक्किरहेका छन्। हरेक वर्ष इन्डियन प्लेट तिब्बतियन प्लेट मुनि घुसिरहेको हुन्छ। त्यसरी घुस्ने क्रममा जुन शक्ति सञ्‍चय हुन्छ,  त्यो बाहिर आउने प्रक्रिया भूकम्प हो। यदि हाम्रो जमिमुनिको चट्टानको समूह, भौगोलिक अवस्था स्थिर हुन्थ्यो भने भूकम्प आउँदैन थियो। 

नेपाल यस्तो ठाउँमा छ, जुन ठाउँमा इन्डियन र तिब्बतियन प्लेको घर्षण धेरै समयदेखि भइरहेको छ। नियमित रुपमा दुई प्लेट एक अर्कोमा घर्सिरहेका छन्। त्यो घर्षण हुँदै गर्दा जुन शक्ति सञ्चय हुन्छ, त्यो बाहिर निस्किने प्रक्रियामा भूकम्प आउँछ।

नेपालमा पनि पश्चिम किन भूकम्पको जोखिममा छ? नेपाल हिमालय रेञ्जमा परेको देश हो। जम्मा २५ सय किलोमिटरको रेन्जमा ८ सय नेपालमा पर्छ। हिमालय रेन्जमा भूकम्प जान सक्छन्। 

बिगतमा गएका भूकम्पका अध्ययन, अहिले प्राप्त र उपलब्ध तथ्याङ्कका आधारमा बोल्नुपर्दा नेपालको केन्द्र अर्थात् काठमाडौं वरपर नियमित रुपमा भूकम्प गइरहेका छन्। २०७२ सालमा यो क्षेत्रमा दुई वटा भूकम्प गए। पूर्वी नेपालमा १९९० सालमा ठूलो भूकम्प गएको थियो। बिहार-नेपाल भूकम्पका रुपमा चिनिने उक्त भूकम्पमा परी १० हजार जनाको मृत्यु भयो।  

नेपालको बारपाक (गोरखा) पश्चिम लाग्दा नियमित रुपमा जाने स-साना भूकम्पको संख्या कम छ। पश्चिम नेपालमा आजभन्दा ५०० वर्ष पहिले सन् १५०५ मा मुस्ताङ वरीपरी केन्द्रबिन्दू बनाएर भूकम्प गएको पाइन्छ। उक्त भूकम्बाट तिब्बतका राजा मरेको केही लेख पाइन्छन्। 

५०० वर्ष पहिले ठूलो भूकम्प गएपछि अर्को ठूलो भूकम्प गएको रेकर्ड पाइँदैन। बारपाक पश्चिम अर्थात् त्यहाँदेखि सुदूरपश्चिमसम्मको क्षेत्रमा ठूलो भूकम्प पाएका छैनौं। प्रश्न हुन सक्छ- भूकम्प किन पाउनुपर्ने?

आमजनका आँखामा भूकम्प नजानु राम्रै हो। तर, भूकम्प विज्ञानमा चाहिँ गइरहँदा शक्ति सञ्चय घट्ने हुन्छ। इन्डियन प्लेट हरेक वर्ष २ सेन्टिमिटर तिब्बतियन प्लेटमा घुस्छ। इन्‍डिय प्लेट हरेक वर्ष  २ सेन्टिमिटर घुसेको हिसाबले ५०० वर्षमा १० मिटर जमिन तलबाट माथि सिफ्ट भइसकेको छ। अर्थात् इन्डियन प्लेट तिब्बतियन प्लेटमा घुसिसकेको छ। त्यति जमिन सिफ्ट हुँदा जुन ऊर्जा सञ्चय भएको छ, त्यसले ८.५ भन्दा ठूलो भूकम्प ल्याउने भनाइ छ। त्यसैले भूकम्प लामो समय नजाँदा जोखिम बढी हुन्छ। गइरहँदा भने धेरै ऊर्जा  सञ्चय हुन पाउँदैन र ठूलो भूकम्प गएर क्षति हुने सम्भावना कम हुन्छ।

बारपाकभन्दा पश्चिममा भूकम्प जाँदा क्षति पनि बढी हुने सम्भावना देखिन्छ। किनभने चेतनाका हिसाबले पश्चिम कमजोर छ। ४ म्याग्निच्यूड गयो भने पूर्वमा जुन रेस्पोन्स हुन्छ, पश्चिममा भने त्यसरी भएको  देखिँदैन। पूर्वकाहरुले यसबारे जानकारी पाएर अमेरिका र युरोपका प्रणालीमा समेत रिपोर्ट गरेको पाइन्छ। अझ सुदूरपश्चिममा भूकम्पबारे चेतना कम छ। त्यहाँ ठूलो क्षति हुने सम्भावना बढी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उदाहरणका लागि केही समयअघि डोटीमा ५.६ रेक्टर स्केलको भूकम्प गयो, त्यसले घर भत्किए। केहीको मृत्यु नै भयो। तर, जापानमा त्यतिको भूकम्प जाँदा कुनै क्षति हुँदैन। प्राकृतिक प्रकोप हामीले मात्रै बेहोर्ने होइन। हामी आफैं त्यसका लागि तयार छैनौं, त्यसैले जोखिममा छौं।

क्षति कम हुन भूकम्पबारे पहिल्यै जानकारी पाउने प्रणाली पनि चाहिन्छ। तर, भूकम्पबारे भविष्यवाणी सम्भव छैन। हालसम्म वैज्ञानिकले त्यसमा सफलता हासिल गरेका छैनन्। जापान, स्विट्जरल्यान्ड र मेक्सिको जस्ता देशमा रहेका प्रणाली भविष्यवाणी जस्तै देखिन्छन्। किनभने मोबाइलमा १ मिनेट वा ३० सेकेन्ड वा १५ सेकेन्डमा सूचना दिएको देखिन्छ।

हाल प्रचलनमा आएका त्यस्ता प्रणालीहरूले निश्चित ठाउँमा भूकम्प गइसकेपछि त्यसका शक्तिशाली तरंगहरू अन्य ठाउँमा नपुग्दै त्यसबारे सन्देश पठाउने मात्र गर्छन्। यदि कुनै देशमा आधुनिक भूकम्पीय उपकरणहरू बाक्लै जडान गरिएका छन् र उत्कृष्ट सञ्चारमार्फत् भूकम्पका तरंगहरू अध्ययन केन्द्रमा प्रसारण गरिएका छन् भने कुनै एउटा तरंग अध्ययन गरेर भूकम्पबारे सन्देश पठाउन केही सेकेन्ड लाग्छ। 

केन्द्रविन्दु आफू बसेको ठाउँनजिक छ भने पूर्वसूचना भूकम्पको पहिलो कम्पनभन्दा केही सेकेन्ड अगाडि मात्र पाउन सकिन्छ, तर केन्द्रविन्दु टाढा छ भने पूर्वसूचना पहिलो कम्पनभन्दा केही मिनेट अगाडि पनि प्राप्त गर्न सकिन्छ। त्यसले धेरै ज्यान जोगाउन सकिन्छ। 

Xtrem

Xtrem

(भूकम्पविद् सुवेदीसँग गरिएको कुराकानीमा आधारित/पुन:प्रकाशित)

 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी
सम्बन्धित सामग्री
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड रसुवालगायत बाढी प्रभावित जिल्लाहरूमा भौतिक क्षतिका साथै गम्भीर मानसिक स्वास्थ्य संकट निम्तिएको भन्दै सरोकारवालाहरूले तत्काल समन्वयात... शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य त्रिशूली नदीको कटानका कारण धादिङको गजुरी नजिक गलौंदीमा सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलाउने काम तीव्र पारिएको छ। शनिबार, असोज २४, २०८३
बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन रातभर परेको अविरल वर्षाका कारण बिपी राजमार्गको निर्माणाधीन सडक खण्डमा झरेको लेदो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्