काठमाण्डाैं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले यातायातमा सुधार र कनेक्टिभिटीले एकीकृत बजारका लागि नेपाल र चीन दुवै देशलाई सहयोग गर्ने धारणा राखेका छन् ।
_x000D_
_x000D_
चारदिने चीन भ्रमणमा रहेका प्रचण्डले नानचिङमा भएको अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसमा बाेल्दै 'वेल्ट एण्ड रोड इनिसियटिभ' ले पूर्वी, मध्य र पश्चिमी नेपाललाई यातायातमा मद्दत पुग्ने बताए ।
_x000D_
_x000D_
‘उर्जा संयन्त्र,सेवा र वाणिज्यको अप्ठयारो हटाएर चीनसँग जोडन मद्दत पुग्नेछ,’ उनले भने । प्रचण्डले नेक्टीभिटीले उत्पादकत्वमा बृद्धि, प्रविधिको स्तरोन्नतिले दुवै देशका जनताका लागि रोजगारी सिर्जना गर्ने बताए ।
_x000D_
_x000D_
क्षेत्रीय आर्थिक सहयोग अभिबृद्धि गर्ने वेल्ट एण्ड रोड इनिसियटिभको कार्ययोजनाले अन्तर्राष्ट्रिय समुदायबाट व्यापक सहयोग प्राप्त गरेको उनको निर्क्याेल थियो । उनले भने ‘नेपाल विश्वस्त छ कि बिआइले हिमालय क्षेत्रमा पूर्वाधार निर्माणमा सघाउनेछ।’
_x000D_
_x000D_
चिनको प्रसंसामा गर्दै उनले ‘विकासको रेल यात्रामा दौडिरहेको छ’ भन्ने जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङले प्राय अन्तर्राष्ट्रिय समुदायलाई भन्ने गरेको सुन्दा आफूलाई खुसी लागेको बताए। थप प्रसंसा गर्दै उनले थपे‘ जनता र देशहरुलाई जोड्न चीनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको म प्रशंसा गर्न चाहन्छु।’
_x000D_
_x000D_
नेपालको शान्ति प्रक्रियालाई नमूनायोग्य भएको बताउँदै उनले भने ‘सशस्त्र द्वन्द्वको समाधान गर्ने विरलै उदाहरण हामीले हाम्रो नमूनायोग्य र घरेलु शान्ति प्रक्रियामार्फत प्रस्तुत गरेका छौ ।’ वर्तमानको गरिबीलाई डरलाग्दो चुनौती औंल्याउँदै उनले धनी र गरिबीचको खाडल फराकिलो बन्दै जाँदा अशान्तिको चिन्ता बढेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।