काठमाडौं– सरकारले अर्ध मन्त्रालयको सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिएको हो।
अहिले अर्थ मन्त्रालयको सचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
यस्तै मंगलबार सार्वजनिक बिदा दिने निर्णय पनि गरिएको छ। कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण भएकाले सार्वजनिक बिदा दिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।