काठमाडौं– प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले तुल्कारम शहर र उत्तरी वेस्ट बैंकको शरणार्थी शिविरमा जारी इजरायली सैन्य कारबाहीमा कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको बताएको छ।
मारिएका १४ प्यालेस्टाइनीको शव शहरको पूर्वमा रहेको नूर शाम्स प्यालेस्टिनी शरणार्थी शिविरबाट तुलकर्म अस्पतालमा लगिएको छ।
प्यालेस्टिनी सुरक्षा स्रोतहरूले इजरायली सेनाहरू, सैन्य बुलडोजरहरू सहितख शिविरमा प्रवेश गरेका बताएका छन्। कडा घेराबन्दी गरी मुख्य सडक, पूर्वाधार, आवासीय घरहरू र पसलहरू ध्वस्त पारेको उनीहरुको आरोप छ।
बिजुली अवरुद्ध, पानी कटौती र शिविरमा सञ्चार र इन्टरनेट सञ्जाल अवरुद्ध हुँदा चलिरहेको सैन्य कारबाही वर्षौं यताकै सबैभन्दा गम्भीर रहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।