काठमाडाैं– राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले संविधान दिवसको अवसर पारेर शुभकामना सन्देश दिएका छन्।
_x000D_
_x000D_
संविधानसभाबाट नेपालको संविधान जारी गरेको तीन वर्ष पूरा भएको उपलक्ष्यमा अध्यक्ष तिमल्सिनाले स्वदेश तथा विदेशमा रहने सम्पुर्ण नेपालीको नाममा शुभकामना सन्देश दिएका हुन्। २०७२ साल असोज ३ गते आजको दिन नेपालमा संविधान जारी भएको थियो।
_x000D_
_x000D_
उनले शुभकामना दिँदै संविधान जारी गर्न ज्यान आहुती गर्ने सहिद र आफ्नो ठाउँबाट संर्घष गर्ने सबै नेपालीप्रति आभार प्रकट गरेका छन्। उनले संविधानको कार्यान्वयन गर्ने सिलसिलामा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गरी सरकार आफ्नो जिम्मेवारी पुरा गर्न क्रियाशिल भएकोमा खुसी समेत व्यक्त गरेका छन्। ।
_x000D_
_x000D_
सन्देशमा उनले भनेका छन्, 'समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएको वर्तमान सरकारले आम नागरिकलाई परिवर्तनको आभास दिलाउन वर्तमान संविधानको पूर्ण कार्यान्वयन गरिनु आजको पहिलो आवश्यकता हो।'
_x000D_
_x000D_
सदियौंदेखि पछि परेका समुदायलाई राज्यको मुलप्रवाहिकरण गर्न वर्तमान संविधानले दिशानिर्देश गरेको हुनाले यसको कार्यान्वयन पनि भइरहेकोमा उनले विश्वास व्यक्त गरे।
_x000D_
_x000D_
शुभकामना सन्देश मार्फत अध्यक्ष तिमल्सिनाले सम्पुर्ण नेपालीको सु–स्वास्थ्यको कामना गर्दै सविंधानलाई सफल बनाउन एकताबद्ध भई अगाडि बढ्न आह्वान समेत गरेका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।