काठमाडौँ- पोखराका साहित्यकार प्रकट पंगेनी शिवको मंगलबार निधन भएको छ। मणिपाल अस्पतालमा उपचारको क्रममा ६८ वर्षको उमेरमा उनको निधन भएको हो।
गजल क्षेत्रमा अलग्गै पहिचान बनाएका उनी कविता र गीतमार्फत पनि चर्चित थिए।
बुधबार दिउँसो १२ बजेपछि मणिपाल अस्पतालबाट शवयात्रा गरी फूलबारी घाटमा उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ। उनी श्वास-प्रश्वास सम्बन्धी समस्याले पीडित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।